भारतमा फानीको प्रभाव– आन्द्रप्रदेशमा भारी वर्षा, ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो « Khabarhub

भारतमा फानीको प्रभाव– आन्द्रप्रदेशमा भारी वर्षा, ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फानी चक्रवातका कारण भारतको आन्ध्रप्रदेशमा शक्तिशाली हुरीबताससँगै भारी वर्षा भएको छ ।

उक्त आँधीको प्रभाव उडिसा राज्यमा पनि परेको छ । १ सय ७५ देखि २ सय ५ किमि प्रतिघण्टाको गतिमा अगाडि बढी रहेको फानी चक्रवातले उडिसामा ठूलो क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ ।

यसैबीच, आँधीको खतरालाई ध्यानमा राख्दै सुरक्षा बललाई उच्च सर्तकतामा राखिएको छ । तटीय क्षेत्रमा रहेका ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसका लागि ८८० राहत शिविर तयार राखिएको छन् । साथै, सबै शिक्षण संस्था बन्द गर्न आदेश दिएको छ । यस्तै, ईस्ट कोस्टर्न रेल्वेले अहिलेसम्ममा १ सय ३ रेलको सेवा रद्द गरेको जनाएको छ । ओडिसा राज्यको ११ जिल्ला लागू गरिएको आचार संहिता पनि तत्काललाई हटाईएको छ ।

भारतीय मौसम विभागले फानीलाई अहिलेसम्मकै शक्तिशाली चक्रवात हुन सक्ने बताएको छ । उडिसामा यसअघि सन् १९९९ मा आएको सुपर साइक्लोनका कारण दश हजार मानिसको मृत्यु भएको थियो ।

फानी चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने अनुमान गरिएको छ । यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि ९शुक्रबार० र पर्सि ९शनिबार० मौसम केहि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार जसका कारणा पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ ।

त्यस्तै हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा भोलि शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ११ : ५६ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको