बलात्कारी बाबा ‘आशाराम बापू’ को बायोपिकमा आलिया र अनुष्का ? | Khabarhub Khabarhub

बलात्कारी बाबा ‘आशाराम बापू’ को बायोपिकमा आलिया र अनुष्का ?


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलात्कारको अभियोगमा अदालतद्वारा दोषी ठहरिएका धर्मगुरु आशाराम बापूमाथि निर्माता सुनिल बोहराले फिल्म बनाउने सोच बनाएका छन् । उनले आशाराममाथि लेखिएको पुस्तक ‘गड अफ सिनः द कल्ट’, ‘क्लाउट’ र ‘डाउनफल अफ आशाराम बापू’ को राइट्स लिएका छन् । उनले फिल्ममा कलाकार कसलाई लिने भन्ने बारेमा पनि लेखकसँग छलफल गरे ।

भारतीय मिडियाका अनुसार आशारामको भूमिका कसले निभाउने भन्ने अझै पक्का नभए पनि उनलाई जेल पु–याउने महिला प्रहरी शोभा भुताडे र चञ्चल मिश्राको सट्टा कसलाई लिने भन्नेमा छलफल गरेका छन् ।

यी दुई महिला प्रहरीको भूमिकामा निर्माताले आलिया भट्ट र अनुष्का शर्मालाई लिने सोच बनाएको भारतीय मिडियाले दाबी गरेका छन् ।

तर, फिल्ममा कसलाई लिने भने अन्तिम निर्णय भने अझै नभएको बताइएको छ । सम्भव भएसम्म अनुष्का र आलियालाई यो फिल्ममा देख्न पाइने निर्माण टिमले आश राखेको छ ।

धर्मगुरु आशाराम बापू यतिबेला भारतमा जेल जीवन बिताइरहेका छन् । उनीमाथि फिल्म बन्ने खासखुस पहिलेदेखि नै चल्दै आएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : २९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको