फायरवर्डसद्वारा एक दिने ‘फायरवर्ड कनक्लेभ २०१९’ सम्पन्न « Khabarhub

फायरवर्डसद्वारा एक दिने ‘फायरवर्ड कनक्लेभ २०१९’ सम्पन्न


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फायरवर्डस मिडियाद्वारा एक दिने ‘फायरवर्ड कनक्लेभ २०१९’ कार्यक्रम गरीएको छ ।

दुइ सय युवाहरु बिचमा गरिएको कार्यक्रममा बिभिन्न राजनितिक पार्टीका शिर्ष युवा नेता , सफल व्यबसायीहरु र बिभिन्न ठाउंबाट आएका युवाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा .प्रकाश शरण महतले गरेका थिए । युवाहरु लाइ नेपालमै केहि गर्न सकिन्छ ,परिबर्तन सम्भब छ भन्ने उद्देश्यले गरिएको संस्थाका सि.इ.ओ अशोक रोकयाले जानकारी दिए ।

कार्यक्रममा बिभिन्न क्षेत्रबाट आएका युवा, उद्यमी र राजनितीक नेताबीच प्यानल छलफल भएको जानकारी आयोजकले दिएको छ ।

तीन भागमा विभाजन गरी प्यानल छलफल गरीएको थियो । जसमा राजनीतिकतर्फ नेपाल कमिनिष्ट पार्टीकि नेतृ बिन्दा पाण्डे, पुर्बाधारविद् डा.सुर्य राज आचार्य , नेपाली कांग्रेसका नेता प्रदिप पौडेल र नागरिक समूहका प्रमुख निगम हुमागाइबीच छलफल भएको थियो । वक्ताहरुबीच कहिले कसले र कसरी परिवर्तन आउन्छ भन्ने बिषयमा छलफल गरेका थिए ।

त्यसै गरी अर्को प्यानल छलफलमा उधमीहरुको सहभागीता रहेको थियो । जस्मा ज्योति बिकाश बैकं का सि.इ.ओ मनोज ज्ञावलि , इ–सेबा का सि.इ.ओ अस्गर अली ग्लोकल प्रा.लीका इ.डी.आशिष ठाकुर रहेका थिए । युथ प्यानलमा बिबेकशिल पार्टीकी नेतृ रन्जु दर्शना,अनेरास्ववियूका महा सचिब ऐन महर ,नेपाल बिधार्थी संघका नेता प्रेम जोशी, मास्टर पिस एन वाइ सि का फाउन्डर सरोज बनिया रहेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : ४८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको