अष्ट्रेलियामा भेटियो तीन आँखा भएको अनौठो सर्प « Khabarhub

अष्ट्रेलियामा भेटियो तीन आँखा भएको अनौठो सर्प


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियामा तीन आँखा भएको अचम्मको सर्प भेटिएको छ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा तीनवटा आँखा भएको सर्प फेला परेको हो ।

नर्दन टेरिटोरीको डार्बिन शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको हम्पटी डू शहर नजिकै सडकमा तीन आँखा भएको सर्प भेटिएको नर्दन टेरिटोरी निकुञ्ज तथा वन्यजन्तु सेवाले जनाएको छ ।

मण्टी पाइथन नाम दिइएको त्यस सर्प कार्पेट पाइथन प्रजातिको रहेको बताइएको छ ।

सर्पको बनोट हेर्दा केही प्राकृतिक गडबडीका कारण टाउकोमा तीन आँखा रहन गएको वन्यजन्तु विशेषज्ञलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि सर्पले टाउकोमा भएका तीनवटै आँखाले देख्न सक्ने जनाइएको छ ।

४० सेन्टिमिटर लामो त्यस सर्प गत मार्चमा फेला परेको र टाउकोको बनोटका कारण उसलाई आहारा निल्न निकै कठिन हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोही कारण फेला परेको केही दिनमा नै सर्पको ज्यान गएको नर्दन टेरिटोरी निकुञ्ज तथा वन्यजन्तु सेवाले जनाएको छ ।

सर्पको एक्स रे गर्दा सर्पको दुईवटा टाउको एकै ठाउँमा जोडिएजस्तो नदेखिएको तर, टाउकोको अस्थीपञ्जरमा तेश्रो आँखाका लागि आवश्यक सम्पूर्ण संयन्त्र रहन गएको जनाइएको छ ।

यद्यपि वन्यजन्तु विज्ञहरुले भने यस्ता गडबडी प्रकृति क्रमविकासमा सामान्य रहेको जनाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ४ : १९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख