कास्कीको विश्व शान्ति मावि बन्यो पहिलो ‘नमूना स्मार्ट विद्यालय’ « Khabarhub

कास्कीको विश्व शान्ति मावि बन्यो पहिलो ‘नमूना स्मार्ट विद्यालय’


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– गण्डकी प्रदेशको कास्कीको विश्व शान्ति माध्यमिक विद्यालय सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ हुन पुगेको छ ।

‘डिजिटल नेपाल विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालयको थालनी गरे ।

काठमाडौँको कमलपोखरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रिमोट क्लिक गरी गरेको सो उद्घाटन अनलाइन प्रविधिको माध्यमबाट कास्कीको विश्व शान्ति माध्यमिक विद्यालयमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सरकारले हरेक प्रदेशको कम्तिमा १ सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू गर्ने लक्ष्य लिएको छ ।

सोही कार्यक्रममा डिजिटल फाइनान्स कम्पनी स्थापनाका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच सहमतिपत्रमा हस्तक्षर भयो ।

लिमिटेडका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकका कार्यकारी प्रमुख कविराज अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे । यसैगरी सूचना प्रविधि छात्रवृत्तिका लागि कम्प्युटर एसोशिएसन (क्यान) महासङ्घका अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एकेडेमीका अध्यक्ष पङ्कज जलानबीच सहमति भयो । सहमतिअन्तर्गत डेढ करोडको लागतमा ४९ विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ४ : ४९ बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने