काठमाडौंमा ‘सार्क चेम्बर अफ कमर्श’को बैठक शुरु « Khabarhub

काठमाडौंमा ‘सार्क चेम्बर अफ कमर्श’को बैठक शुरु


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

सार्क क्षेत्रको आर्थिक विकासमा सहकार्य गरेर अघि बढने उद्देश्यका साथ सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको ७७ औं कार्यकारिणी समितिको बैठक बिहीबारबाट काठमाडौंको चन्द्रागिरीमा शुरु भएको हो ।

२ दिनसम्म चल्ने बैठकको उद्घाटन सभामुख कृष्णबहादुर महराल गरेका थिए । सार्क क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रका उद्योगी÷व्यवसायीहरुले कसरी मिलेर अघि बढने भन्ने विषयमा केन्द्रित भएर सो बैठक सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । बैठकमा सार्क राष्ट्रका उद्योगीहरुले क्षेत्रीय सम्भावना र त्यसको विकासका लागि संयुक्त लगानी गर्ने विषयमा पनि विस्तृत छलफल गर्नेछन ।

कार्यक्रममा बोल्दै सभामुख महराले सार्क क्षेत्रका जनताको जीवनस्तर उठाउने गरी सहकार्य गरेर अघि बढ्न उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरे । उनले सार्कमा ठूल्ठूला सम्भावना भएपनि त्यसको विकास गरेर आर्थिक प्रगति गर्न सदस्य राष्ट्रका उद्योगीहरुबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ४ : ५६ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट