हटेन धुलोको सास्ती, बाटो बढार्न ब्रुमरलाई खाल्डाखुल्डी समस्या | Khabarhub Khabarhub

हटेन धुलोको सास्ती, बाटो बढार्न ब्रुमरलाई खाल्डाखुल्डी समस्या



काठमाडौं- ‘ब्रमुर कति बेला चल्छन् सडकमा’ खुल्लामञ्च सडकमा हिडिरहेका महिलाहरु एकआपसमा कुरा गर्दै थिए । सडकमा सवारी साधनको चाप देखिन्थ्यो । फुटपाथमा हिड्नेहरु कोही माक्स लगाएका देखिन्थे त कोही हातले मुख छोप्दै हिडिरहेका थिए ।

सबैको समस्या एउटै थियो– ‘धुलो’ । ‘महानगरले पाँचवटा ब्रमुर ल्याएको भन्थे चल्दै छन् कि के छन्, धुलो त व्यापक उडिरहेको छ’ एक पैदल पैदलयात्रुले ठट्यौलो पारामा भने ।

‘एक महिनाअघि र अहिलेमा कुनै फरक छैन बाटोमा धुलो उस्तै छ’ उनीसँगै हिडिरहेका अर्का युवकले भने । ‘बिहानको समयमा धुलो केही कम उडेपनि दिउसो बाटोमा हिडिसक्नु हुन्न’ उनले बताए ।

ब्रमुर चल्न थालेका एक महिना बितिसक्दा पनि सर्वसाधरणले धुलो कम भएको महशुस गरेका छैनन ।

धुलो न्यूनीकरण भइरहेको छ : महानगर

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ०७५ साल चैत्र १२ गते अत्याधुनिक इटालियन ब्रुमरको उद्घाटन गरेका थिए । उद्घाटन गरेकै दिनदेखि विभिन्न पाँच रुटमा ब्रुमर चलिरहेका छन् ।

ब्रमुर रातको ८ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन भइरहेका छन् । ९ घण्टामा प्रतिब्रमुर ८० लिटर डिजेल खपत हुने गरेको महानगरले जनाएको छ ।

महानगरका वातावरण विभाग प्रमुख हरि श्रेष्ठ भन्छन्, ‘दैनिक नौ घण्टा ब्रमुर सडकमै हुन्छन्, पाँच वटा ब्रमुरले एक रातमा ४ सय लिटर डिजेल सक्छन्’ । साथै एकरातमा सो ब्रमुरले १८ टनसम्म धुलो संकलन गरिरहेको श्रेष्ठले बताए । सडकबाट धुलो संकलन भइरहेको र सडकको मुहार नै फेरिएको दावी गर्छन् उनी ।

‘पहिले र अहिलेमा तुलना गर्नै मिल्दैन’ पाँच वटा ब्रमुर रातभरि खटिरहेका छन् धेरै सफा भइरहेको छ’ उनले भने ।

विभिन्न स्थानबाट संकलन गरिएको धुलो टेकुस्थित ट्रान्सफर स्टेशनमा लगेर थुपार्ने गरिएको श्रेष्ठले बताए । ब्रमुरले सडकमा उड्ने धुलोसँगै स–साना कागजका टुक्रा समेत टिप्ने गरेको पाइएको छ ।

धुलो न्यूनीकरण चुनौती

काठमाडौं महानगरपाकिलाले यसअघि पनि सडकमा ब्रमुर सञ्चालन नगरेको होइन । विभिन्न निकायसँगको सहकार्यमा समय–समयमा ब्रुमर चलाइहे पनि धुलो न्यूनीकरण हुन सकेको थिएन । तर अहिले महानगर आफैले ५ ब्रमुर सञ्चालन गरिरहेको छ । तरपनि धुलो न्यूनीकरण हुन सकेको छैन ।

सडकका खाल्डाखुल्डी मर्मत गर्नका लागि पटकपटक सडक विभागलाई आग्रह गरेपनि त्यसप्रति चासो नदिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘ब्रमुर सञ्चालनमा कठिनाइ भइरहेको छ, सडकका खाल्डाखुल्डी पुर्दिनुपर्‍यो भन्दै आग्रह गरेको थियौँ’ उनले भने ।

‘मेलम्ची खानेपानीको पाइप विस्तारका लागि खनिएका सडकका खाल्डाखुल्डी अझै पुरिएका छैनन्, जताततै निर्माण कार्य भइरहेको छ त्यसकारण धुलो न्यूनीकरणमा चुनौती भएको हो’ प्रवक्ता डंगोलले खबरहबसँग कुरा गर्दै भने ।

साथै सडकका खाल्डाखुल्डीले ब्रुमर संचालनमा समेत समस्या आउने हुँदा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

साथै जताततै निर्माण कार्य भइरहेकाले धुलो न्यूनीकरण हुन नसकेको बताउँछन् उनी । डंगोलका अनुसार घर, साँस्कृतिक सम्पदाहरु निर्माणको चरणमा रहेकाले धुलो कम गर्न नसकिएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ५ : १४ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी