निर्माणाधीन सपिङ कम्प्लेक्सको खाल्डोमा पुरिएर ज्यान गयो « Khabarhub

निर्माणाधीन सपिङ कम्प्लेक्सको खाल्डोमा पुरिएर ज्यान गयो


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– निर्माण कार्यमा संलग्न एक मजदुरको माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ । राजविराज नगरपालिकाद्वारा वडा–७ स्थित हटिया (हाट बजार)मा निर्माण भईरहेको सपिङ्ग कम्पलेक्स निर्माण कार्यमा खटिएको सुनसरी जिल्ला शिवगन्ज गाउँपालिका–८ का २८ वर्षिय अरसद अलिको बिहीवार माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।

बिहान १० बजेतिर निर्माण स्थलमा खनिएको गहिरो खाडल भित्र काम गर्दै गर्दा अचानक ढिस्कोले पुरिएर उनको ज्यान गएको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएर गम्भिर घाइते भएका उनको प्रहरीले उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बीचबाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

उक्त कार्यको रसुवा रोशन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ । जोखिमपूर्ण अवस्थामा मजदुर अलीलाई काममा लगाएको भन्दै आक्रोशित मजदुरहरुले  क्षतिपूर्तिको माग गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ५ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको