आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वभाविक रुपमा लिन देउवाको आह्वान « Khabarhub

आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वभाविक रुपमा लिन देउवाको आह्वान


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासलाई स्वाभाविक रुपमा लिने संस्कारको विकास हुनुपर्ने बताएका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा सभापति देउवाले पार्टीलाई बलियो बनाउनका लागी पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासलाई ग्रहण गर्नुपर्ने बताए ।

लोकतान्त्रिक पार्टीमा केन्द्रदेखि बडातहसम्म पार्टाीभित्र चुनावी प्रतिस्पर्धा हुनु स्वभाविक भएपनि चुनावमा हारजित भएपछि हार्ने र जित्नेबीच बोलचाल हुने संस्कार पार्टीभित्र रहेको भन्दै देउवाले यस्तो संस्कारले पार्टी संगठन बलियो नहुने बताए ।

अनुशासनहिन कार्य गर्नेमाथि अनुशासन समितिले छानविन गरी कारबाही गर्न सक्ने भएपनि त्यो कारबाहीले मात्रै नपुग्ने देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा पार्टी केबल पार्टीको रुपमा रहेको भन्दै पार्टी बनाउन संस्कारको विकास जरुरी भएको पनि बताए । देउवाले आन्तरिक चुनावमा हुने वैमनश्यता न्यूनीकरण गर्ने र अहिले देखिएको समस्या समाधान गर्ने भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित गर्न नीति तथा प्रतिष्ठानका सदस्यहरुलाई निर्देशन दिए ।

लामो समयदेखि पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व चयन हुन नसकेको अवस्थामा त्यसको जिम्मेवारी लिएर बसेका सभापति देउवाले नेविसंघको संगठन स्कूल र कलेजहरुमै नभएपछि संगठन बलियो नहुने पनि बताए ।

कांग्रेस महासमिति बैठकपछि केन्द्रीय समितिबाट पारित पार्टी विधान नेपालका सबै पार्टीको भन्दा उत्कृष्ट र समावेशी प्रकृतिको बनाएको बताउँदै सभापति देउवाले यसरी सबैले आफ्नो स्थान पाए बमोजिम संगठनमा सदस्यताको वितरणमा पनि बृद्धि गराउन जोड दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ७ : ०९ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको