रसुवागढी र सान्जेनको सेयर बाँडफाँड | Khabarhub Khabarhub

रसुवागढी र सान्जेनको सेयर बाँडफाँड


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको पनि साधारण सेयर बाँडफाँड गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच दुवै जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरिएको हो ।

जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तरगत खुलाइएको रसुवागढीको सेयरमा सर्वसाधारणले ५० कित्तासम्म सेयर पाउनु भएको छ भने सान्जेनको २० कित्ता भागबण्डामा परेको छ ।

गत बैशाख ६ गते आवेदन खुला गरिएकोमा रसुवागढीका लागि ३ लाख २ हजार ३४३ जना आवेदकबाट १ करोड ७१ लाख ७ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको थियो । उर्जामन्त्री पुनले सो सेयरमा परेको आवेदनबाट जनता जलविद्युतमा लगानी गर्न उत्साही भएको पाइएको पनि स्पष्ट पारे ।

उनले दुर दराजमा रहेका जनतालाई पनि सो कार्यक्रममा सहभागी गराउन प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

रसुवागढी जलविद्युत आयोजना रसुवाको गोसाईकुण्ड गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको छ । १ सय ११ मेघावाट क्षमताको सो आयोजनाको कूल अनुमानित लागत १६ अरव ७८ करोड रहेको छ । त्यसै गरी सान्जेन पनि रसुवा जिल्लामै पर्ने ४२ मेघावाट क्षमताको जलविद्युत आयोजना हो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : २५ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा