काफलवाली सम्मानित « Khabarhub

काफलवाली सम्मानित


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री ।

अर्घाखाँचीको सन्धिखर्कस्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै यस वर्ष ७५ हजार रुपैयाँ हात पारेको अन्नपूर्ण पोस्टमा खबर छ । सन्धिखर्क–गोरुसिंगे सडकको नरपानीबाट घुम्तीसम्मको क्षेत्रमा उनले गाडीका यात्रुलाई काफल बेचेकी थिइन् । उनी अर्घाखाँचीकै सन्धिखर्क–६ नरपानी उपल्लो जगातकी हुन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें । कमाइ पनि राम्रै भयो । अब मलाई यस वर्ष पढाइ खर्चको चिन्ता छैन ।’

नरपानीका धेरै महिला जंगलको काफल टिपेर बेच्छन् । गाउँका भाउजू र आमाहरूले जंगलमा गएर काफल टिपेर बाटोमा बेच्ने गरेको देखेपछि आफू उत्साहित भएको उनले बताइन् । उनले भनिन्, ‘पहिलापहिला त लाज पनि लाग्थ्यो । लाज मानेर के गरुँ ? पैसो र पढाइ सम्झन्थें । पछि बानी पर्‍यो । अहिले खुसी छु ।’

उनले कमाएको पैसो देखेर गाउँका सबै खुसी छन् । सन्धिखर्क–६ का वडाध्यक्ष कृष्णबहादुर आचार्य भन्छन्, ‘गीता बहिनीले काफल बेचेको देखेको थिएँ । पछि त ७५ हजार रुपैयाँ कमाएको थाहा पाएँ ।’

गीतालाई शनिबार उपल्लो जगातमा भएको कार्यक्रममा सम्मान गरिएको छ । काफलवालीलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले सम्मान गरेका थिए । उनले युवा पुस्ता मेहनती भएमा समाज परिवर्तनमा ढिलाइ नहुने बताए ।

‘पाँच वर्ष ओली नै प्रधानमन्त्री’ शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्। सरकारको ‘आलोपालो सहमति’ का विषयमा दाहालले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिपछि दुई अध्यक्षको सम्बन्धमा खटपट सुरु भएको आँकलन गरिरहँदा उनले अनावश्यक कुराले पार्टीभित्र फाटो नआउने र आउन पनि नदिने स्पष्ट पारेका हुन्।

किरात राई यायोख्खा सुनसरीको साकेला सिली समापन कार्यक्रममका लागि विराटनगर हुँदै शनिबार धरान आइपुगेका दाहालले भने, ‘उहाँ (प्रधानमन्त्री केपी ओली) नै पाँचै वर्ष प्रधानमन्त्री बन्न सक्नुहुन्छ। कसरी र कसले सरकार एवं पार्टी चलाउने भन्ने कुरा दुई अध्यक्षबीचको सहमतिमा हुन्छ। अनावश्यक कुराले पार्टीभित्र फाटो आउँदैन र आउन दिइने पनि छैन।’

दाहालले प्रधानमन्त्री ओली र आफूबीच कुनै विवाद नभएको दाबी गरे। पार्टी एकताका बेला प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे स्वाभाविक प्रतिक्रिया दिँदा सञ्चारमाध्यमले सरकार परिवर्तनसँग जोडेर अतिरन्जित बनाएको गुनासो दाहालको थियो।

नियोगको भाडामा मनपरी शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । कूटनीतिक व्यक्तिले विदेशस्थित नेपाली दूतावास र नियोग भाडामा मनपरी गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्ला प्रतिवेदनमा मापदण्डविपरीत भाडा लिने दूतावास र नियोग सूचीकृत गरिएको छ। चालू आर्थिक वर्षमा कार्यालय र कर्मचारी आवासका साथै दूतावास र नियोगका लागि ७४ करोड ७७ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ। यो चालू खर्चको २९.६२ प्रतिशत हो।

विदेशस्थित ३९ नियोग (३० दूतावास, ३ स्थायी नियोग, ६ महावाणिज्य दूतावास)मध्ये ९ दूतावासको कार्यालय र ११ राजदूत निवास छन्। भारत, बेलायत र बंगलादेशमा भने अन्य कर्मचारी पनि दूतावासमै बस्छन्। बाँकी अधिकारीले घर भाडामा लिएका हुन्छन्। सरकारले हरेक वर्ष दुई मुलुकमा दूतावास भवन र राजदूतलगायत निवास खरिद गर्दै जाने भनेको सात वर्ष भइसकेको छ। सात वर्षदेखि प्रत्येक वर्ष बजेटमा दुई अर्ब रुपैयाँ छुट्याउँदै आएको पनि छ। तर परराष्ट्र प्रशासन, राजदूत र दूतावास अधिकारीको भाडासम्बन्धी चासो मिल्दा नै भवन खरिद हुन सकेको छैन।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : १० बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु