नेकपामा प्रवेश गर्दै विप्लवका पोलिटब्यूरो सदस्यले भने–सुरक्षित हुनका लागि पार्टीमा आएको होइन « Khabarhub

नेकपामा प्रवेश गर्दै विप्लवका पोलिटब्यूरो सदस्यले भने–सुरक्षित हुनका लागि पार्टीमा आएको होइन


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेकपा प्रवेश गरेका छन् ।

उनलाई आइतबार नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा उनले द्वन्दले राष्ट्र र जनतालाई फाइदा नपुग्ने बताउँदै राईले देश परिवर्तनका लागि अन्य विकल्पहरु खुल्ल हुँदा हुँदै द्वन्दवमा जान नहुने बताए । उनले आफू डर, त्रास, धम्की र सुरक्षित हुनका लागि नेकपामा प्रवेश नगरेको बताए ।

कम्युनिस्ट पार्टीको विकासमा आफू कोशेढुंगा बन्नेमा उनले विश्वास व्यक्त गरे । विवेक र वुद्धिले भ्याएसम्म नेकपालाई माथि पुर्‍याउने उनले प्रतिवद्धता व्यक्ति गरे ।

पार्टी नीतिविपरीत सञ्चारमाध्यममा बोल्दै हिँडेको भन्दै राईलाई विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले वैशाख २४ गते पार्टीबाट निलम्बन गरेको थियो ।

राईले सरकारसँग अनावश्यक रुपमा वार्ताको कुरा गरेको र पार्टी विपरित गतिविधि गरेका कारण उनलाई भूमिका विहीन बनाइएको थियो ।
राई संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद थिए । उनी भौीतक योजना तथा निर्माण राज्यमन्त्रीसमेत थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १० : ४१ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार