नेकपामा प्रवेश गर्दै विप्लवका पोलिटब्यूरो सदस्यले भने–सुरक्षित हुनका लागि पार्टीमा आएको होइन | Khabarhub Khabarhub

नेकपामा प्रवेश गर्दै विप्लवका पोलिटब्यूरो सदस्यले भने–सुरक्षित हुनका लागि पार्टीमा आएको होइन


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेकपा प्रवेश गरेका छन् ।

उनलाई आइतबार नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा उनले द्वन्दले राष्ट्र र जनतालाई फाइदा नपुग्ने बताउँदै राईले देश परिवर्तनका लागि अन्य विकल्पहरु खुल्ल हुँदा हुँदै द्वन्दवमा जान नहुने बताए । उनले आफू डर, त्रास, धम्की र सुरक्षित हुनका लागि नेकपामा प्रवेश नगरेको बताए ।

कम्युनिस्ट पार्टीको विकासमा आफू कोशेढुंगा बन्नेमा उनले विश्वास व्यक्त गरे । विवेक र वुद्धिले भ्याएसम्म नेकपालाई माथि पुर्‍याउने उनले प्रतिवद्धता व्यक्ति गरे ।

पार्टी नीतिविपरीत सञ्चारमाध्यममा बोल्दै हिँडेको भन्दै राईलाई विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले वैशाख २४ गते पार्टीबाट निलम्बन गरेको थियो ।

राईले सरकारसँग अनावश्यक रुपमा वार्ताको कुरा गरेको र पार्टी विपरित गतिविधि गरेका कारण उनलाई भूमिका विहीन बनाइएको थियो ।
राई संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद थिए । उनी भौीतक योजना तथा निर्माण राज्यमन्त्रीसमेत थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १० : ४१ बजे

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा