९० किलोकी थिइन् यी नायिका, तौल घटाएर बनिन् सुपरस्टार « Khabarhub

९० किलोकी थिइन् यी नायिका, तौल घटाएर बनिन् सुपरस्टार


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउडका कलाकारले आफूलाई फिट राख्न केसम्म गर्दैनन् ? कतिले त ट्रान्सफर्मेसन पनि गरेको समाचार हामीले सुनिरहेका छौँ । सोनाक्षी सिन्हाले पनि आफूलाई नायिका बनाउन कडा मेहनत गरेकी थिइन् । शुरुमा यी नायिका ९० किलोकी थिइन् । पछि उनले पहिलो फिल्मका लागि झण्डै ३० किलो तौल घटाएकी थिइन् ।

जसकारण पहिलो फिल्म देखेर कैयन् फिल्म दर्शक उनका फ्यान भएका थिए । सोनाक्षी सिन्हाले आफूलाई स्लिम राख्न कडा मेहनत गरेकी थिइन् ।

शत्रुधन सिन्हाकी छोरी सोनाक्षीले ३२ औँ जन्मदिन मनाएकी छिन् । कस्टुम डिजाइनरबाट आफ्नो करिअर थालिएकी सोनाक्षीले फिल्मबाट अफर पाएकी छिन् । सन् २०१० मा सलमान खानका साथ पहिलोपटक फिल्म ‘दबंग’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सोनाक्षी फिल्म रिलिजपछि एकाएक चर्चामा आइन् ।

सोनाक्षीले ‘दबंग’ बाट बेस्ट फिमेल डेब्यु विधामा फिल्मफेअर अवार्ड पनि जितिन् । उनले अहिलेसम्म १७ भन्दा पनि बढी फिल्ममा काम गरिसकेकी छिन् । तर, आफ्नो ९ वर्षको फिल्म करिअरमा सोनाक्षीले हिटभन्दा बढी फ्लप फिल्म दिएकी छिन् ।

सन् २०१२ मा रिलिज भएको प्रभु देवाको फिल्म ‘राउडी राठोर’ सोनाक्षीको दोस्रो फिल्म थियो । अक्षय कुमारसँग पर्दामा आएकी सोनाक्षीको यो फिल्म हिट भएको थियो । यस्तै सोनाक्षीको ‘सन अफ सरदार’ पनि हिट भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ११ : ४४ बजे

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर