पहाडी र पूर्वी तराईमा साँझपख अझै केही दिन वर्षा हुने « Khabarhub

पहाडी र पूर्वी तराईमा साँझपख अझै केही दिन वर्षा हुने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो अझै केही दिन कायम रहने महाशाखाले जनाएको हो ।

‘तीन/चार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ ।’ महाशाखाका मौसमविद मीनकुमार अर्यालले भने, ‘दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराईबाहेकका स्थानमा वर्षा हुने सम्भावना छ ।’

जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल शुरु भइसकेको छैन । अहिले वायुमण्डलको तल्लो सतह (एक÷डेढ किलोमिटरसम्म) मात्र उक्त वायुको प्रभाव रहेको मौसमविद् अर्यालले बताए ।
सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । तर, यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको महाशाखाको अनुमान छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन शुरु भएको देखिँदैन ।

पश्चिम तराईमा केही दिन अझै सुक्खा 

उता, पश्चिम तराईमा भने यस मौसम प्रणालीको प्रभाव परेको छैन । बङ्गालको खाडीबाट पनि टाढा रहेको र पश्चिमी वायुको प्रभाव तराईमा सधैँ नपर्ने भएकाले नेपालगञ्जदेखि पश्चिमको तराईमा भने अझै केही दिन सुक्खा रहने मौसमविद् अर्यालले जानकारी दिए ।

पश्चिमी वायुको मौसम प्रणाली धेरै भयो भने मात्र पश्चिम तराईमा प्रभाव पर्ने हो, पश्चिमी वायुको प्रभाव सामान्यतया पश्चिम भेगका पहाडी र हिमाली क्षेत्रमा बढी पर्छ । ‘पश्चिम तराईमा तत्काल वर्षा नभए पनि बादल देखिएर तीन/चार डिग्री सेल्सियस तापक्रम घट्ने अनुमान छ’ उनले भने । पश्चिमी तराईमा हाल पूर्वको तुलनामा पाँच÷छ डिग्री सेल्सियस तापक्रम बढी छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १ : ०० बजे

रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन

अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै

काठमाडौं– एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ– कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली–  विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको

नेपाल-कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौं– नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले