अर्थमन्त्रीलाई ठाकुरको प्रश्न– तराई मधेस कार्यक्रम बजेटमा खोई ? « Khabarhub

अर्थमन्त्रीलाई ठाकुरको प्रश्न– तराई मधेस कार्यक्रम बजेटमा खोई ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुदै उनले अहिले पनि मधेसमा संचालन भईरहेको सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसँग जिज्ञासा राखे ।

उनले सिंचाईका लागि मधेसका गाउँ गाउँमा पोखरी रहेको भन्दै ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत संभारमा ध्यान दिन सके सरकारले अघि सारेको सिंचाई सुविधाको कार्यक्रम सफल हुने बताए ।

पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका विषय बजेटमा आएपनि सम्पुर्ण क्षेत्रलाई समेट्ने काम नभएको भन्दै उनले गढीमाई, सिम्रौनगढ, जलेश्वर, परौलास्थान,धनुषक्षेत्र तथा सिरहा सप्तरीका थुप्रै पर्यटकीय स्थलको संरक्षण र सम्वद्र्धनलाई समावेश गर्न आग्रह गरे ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : १७ बजे

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द