शेयर बजार : दोहोरो अङ्कले घट्यो « Khabarhub

शेयर बजार : दोहोरो अङ्कले घट्यो


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा होटल १२.६१ र उत्पादन १०.११ बिन्दुले बढेको छ ।

त्यस्तै बैंकिङ १३.७७, विकास बैंक १.२८, जलविद्युत् २२.२८, वित्त २.४८, निर्जीवन बीमा ४२.८३, अन्य १२.४०, लघुवित्त १८.०८, जीवन बीमा ५९.३७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको १३ करोड दुई लाख ५९ हजार ९५४ मूल्यमा खरीद बिक्री भए । यस्तै शिवम् सिमेन्टको रु नौ करोड ३७ लाख ६६ हजार १२८, नेपाल बैंक लिमिटेड रु चार करोड ४४ लाख ३० हजार ७१८, प्रभु बैंक रु चार करोड २५ लाख ६९ हजार ६६५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ४४ लाख ३७ हजार ३५४ र एनआइसी एसिया बैंक रु दुई करोड ३९ लाख ४७ लाख ७७१ मूल्यमा खरीद बिक्री भए शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कन्काइ विकास बैंकका शेयरधनीले आज ९.८८ प्रतिशतले कमाए । तारागाउँ रिजेन्सी होटेल ९.८०, माउण्टेन हाइड्रोपावर ५.७७, युनिभर्सल पावर कम्पनी ५.२६, गुडबिल फाइनान्स कम्पनीका शेयरधनीले ३.२० प्रतिशतले कमाएका छन् ।

त्यस्तै पाँचथर पावर कम्पनी ९.८१, ग्रीन डेभलपमेन्ट बैंक ८.८७, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ५.०, गुह्ेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी ४.५४, स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.५२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : ०३ बजे

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरान– धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड

सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि

बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

महेन्द्रनगर– यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३-८४ का लागि

यी हुन् पहिलो पटक विश्वकप खेल्न लागेका चार नयाँ टोली

काठमाडौँ – विश्व फुटबलको सबभन्दा ठूलो महोत्सव फिफा विश्वकपको आकार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको