एयर इन्डियाको जहाजले किन गर्‍यो ओभरसुट ? « Khabarhub

एयर इन्डियाको जहाजले किन गर्‍यो ओभरसुट ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट गरेको छ । अवतरणका क्रममा जहाजले धावनमार्गमा नछोइ फेरि उडान गर्नुलाई ओभरसुट भनिन्छ ।

अवतरण गर्नै लाग्दा मिस अप्रोच (सही बाटो पहिल्याउन नसक्नु) भएपछि उक्त जहाजले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एयर बस ३२०–२१४ सिरिजको जहाजकै समस्याले मिस अप्रोच भएर ओभरसुट गरिएको विमानस्थल महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

बिहान ८ बजेर ५५ मिनेटको समयमा अवतरण गर्न लागेको जहाजले सही बाटो पहिल्याउन नसकेपछि ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाज निजगढ पुगेर आएपछि सवा नौ बजे विमानस्थलमा सफलताका साथ अवतरण भएको थियो ।

ओभरसुट गर्नुलाई सामान्य रुपमा लिने गरिएपनि आइतबारको ओभरसुट भने असामान्य देखिएको र ठूलो दुर्घटना हुनबाट बचेको विमानस्थल अधिकारीको भनाइ छ । उक्त जहाज अवतरणपछि यात्रु लिएर पुनः दिल्ली फर्किसकेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : १८ बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार