भारतको नन्दा देवी हिमालबाट चार आरोहीको उद्दार « Khabarhub

भारतको नन्दा देवी हिमालबाट चार आरोहीको उद्दार


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको दोस्रो अग्लो हिमाल नन्दा देवी (७,८१६ मिटर) चढ्न गएका पर्वतारोहीको एक टोलीमा सामेल चार जनाको जीवतै उद्दार गरिएको छ । उद्दार गरिएकाहरुलाई नन्दा देवी बेस क्याम्पबाट पिथौरागढ लगेर अस्पताल भर्ना गरिएको छ । १२ पर्वतारोही सामेल उक्त टोलीका अन्य आठ जना भने अझै बेपत्ता छन् ।

बेपत्ता आठ जनाको खोजी गर्न हेलिकप्टर परिचालन गरिएको छ । उनीहरु मे १३ मा नन्दा देवी चढ्न गएका थिए । तोकिएको समयमा उनीहरु नफर्केपछि सर्वत्र चासो भएको थियो । हराइरहेका पर्यटकमध्ये चार बेलायती, दुई अमेरिकी, एक–एक जना अष्ट्रेलियन र भारतीय छन् । अधिकारीहरुले उक्त हिमालमा हिम पहिरो आएको संकेत देखिएको बताएका छन् ।

आकस्मिक उद्धारकर्ता शनिबार त्यसतर्फ गएपनि प्रतिकुल मौसमका कारण उनीहरुले खोजी कार्य बन्द गरेका थिए । उनीहरुको खोजी कार्य हाल भारती वायुसेनाले दुई हेलिकप्टरमार्फत गरिरहेको बीबीसीले जनाएको छ ।

उक्त टोलीको नेतृत्व बेलायती नागरिक मार्टीन मोरनले गरेका थिए । हराइरहेका अन्य बेलायती पर्वतारोहीहरुमा जोन म्याकलेरन, रर्पट वेवेल र रिचार्ड पाइनी रहेका छन् । त्यस्तै, अमेरिक पर्वतारोही एन्थोनी सुडेकम, रोनाल्र्ड बेइमेल छन् भने अष्ट्रेलियन नागरिक रुथ म्याकक्यान्स र भारतीय गाइड चेतन पाण्डे रहेका छन् ।

नन्दा देवी विश्वको २३ औँ अग्लो हिमाल हो भने यसको प्रथम सफल आरोहण सन् १९३६ मा गरिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : ३६ बजे

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं– रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

ख्वप– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म