१६ विदेशीलाई नेपाली नागरिकता | Khabarhub Khabarhub

१६ विदेशीलाई नेपाली नागरिकता


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ। गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको नयाँ पत्रिकामा खबर छ ।

‘छानबिन भइरहेको छ, अन्तिम प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘विदेशीले नागरिकता पाएको जानकारी आएपछि विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीलाई पत्र पठाएका छौँ।’ अधिकांश नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुंगेलले जारी गरेको प्रशासन स्रोतले बतायो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप छानबिन गरिरहेको छ। एक महिनाभित्र अनुसन्धान पूरा गर्ने गरी ४ असारमा गृहले प्रहरीलाई पत्राचार गरेको हो। घटनाको छानबिनका लागि एक टोली झापामै पठाइएको सिआइबीका डिआइजी नीरज शाहीले बताए। ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले गैरनेपालीलाई नागरिकता दिएको देखिएको छ,’ झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘जिल्लाका विभिन्न वडाबाट सिफारिस भएर आएपछि उनीहरूले नागरिकता दिएका हुन्, अरू विषय अनुसन्धानकै क्रममा छ।’

सूचना पाएपछि गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको नेतृत्वमा छानबिन समिति बनाएको थियो। टोली झापामै आएर छानबिन सुरु गरेको सिडिओ दाहालले बताए। अनुसन्धान टोली २२ जेठमा झापा आएको थियो। जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता लिन सफल १६ जना गैरनेपालीको सूची नै लिएर अनुसन्धान टोली झापा आएको थियो। ‘टोलीले आवश्यक सम्पूर्ण कागजात लिएर गएको छ, गृह मन्त्रालयमा छानबिन हुँदै होला,’ सिडिओ दाहालले भने।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : ३८ बजे

सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चा 

काठमाडौं– समाजवादी मोर्चा, नेपालले सरकारको कुशासन र अस्तव्यस्तताका कारण जनतामा

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन

 वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत

स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश

धनगढी– कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट

बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा

काठमाडौं– राजावादीले गरेको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन विरोध सभाको तयारी