सुन्दरतामा निखार ल्याउन कस्मेटिक सर्जरी, नेपालमै छ सर्वसुलभ सुविधा « Khabarhub

सुन्दरतामा निखार ल्याउन कस्मेटिक सर्जरी, नेपालमै छ सर्वसुलभ सुविधा


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीकै एउटा विधि हो । कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने प्रक्रियाका रुपमा पनि लिने गरिन्छ ।

विशेषगरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनेदेखि लिएर सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ ।

शरीरको बाहिरी अंगमा कुनै कमी महसुस भएमा कस्मेटिक सर्जरी गरेर परिपूर्ति गर्ने गरिन्छ । कस्मेटिक सर्जरीबारे सही जानकारी पाउन नसक्दा यो सेवा लिन चाहने धेरै मानिस सेवाबाट वञ्चित हुँदै आएका छन् । सकेसम्म प्लास्टिक तथा कस्मेटिक सर्जनसँग सल्लाह लिएर मात्र सर्जरी गर्नु उपयुक्त हुन्छ । कस्मेटिक सर्जरी सेवा नेपालमै सर्वसुलभ तरिकाले गरिँदै आएको छ ।

त्रिवि शिक्षण अस्पतालका छालारोग विशेषज्ञ प्रा.डा. अनिलकुमार दासका अनुसार कस्मेटिक सर्जरीको मुख्य उद्देश्य सुन्दर देखिनु हो । बाहिरी रुपमा सुन्दर देखिन शरीरका विभिन्न अंगको प्लास्टिक सर्जरी गरिन्छ ।

विशेषगरी आँखा, नाक, छाला, नमिलेको गाला तथा निधारजस्ता अंग मिलाएर सुन्तरतामा निखार ल्याउन कस्मेटिक सर्जरी गर्नेको संख्या बढ्दो छ । फिटनेसमा ध्यान दिने महिलाले ठूलो वा झोल्लिएको ब्रेस्टलाई सानो र आकर्षक बनाउन सर्जरी गर्छन् ।

गर्भावस्थामा पेट र तीघ्रामा आउने स्ट्रेचिङ धेरै भएमा हटाउन सर्जरी गर्न सकिन्छ । त्यसैगरी मोटोपन घटाउन, पुरुषको ठूलो छाती सामान्य अवस्थामा ल्याउन तथा आगो वा अन्य चोटपटकबाट बनेको घाउ मेटाउन समेत सर्जरी गर्न सकिन्छ ।

किन गरिन्छ सर्जरी ?
– साना आँखालाई अलिक ठूलो र आकर्षक देखाउन ।
– ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन । जसलाई राइनो सर्जरी भनिन्छ ।
– आँखा, नाक, छाला, नमिलेको गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन।
– महिलाको ठूलो वा झोल्लिएको छातीलाई सानो वा आकर्षक बनाउन ।
– गर्भावस्थामा महिलाको तिघ्रा तथा पेटमा आउने ‘स्ट्रेचिङ’ अर्थात् सेतो धर्सा केही हदसम्म भए पनि मेटाउन ।
– मोटो पेटलाई घटाउन ।
– पुरुषको सानै उमेरमा छाती ठूलो छ भने त्यसलाई सामान्य अवस्थामा ल्याउन ।
– आगोले पोलेको दाग हटाउन ।
– जोडिएका औंलाहरु छुटाउन ।
– बांगो कान सामान्य जस्तै बनाउन ।
– ‘सिलिकन ब्रेस्ट इम्प्लान्ट’ गरी सानो स्तनलाई ठूलो बनाउन ।
– काटिएको ओठ बनाउन, ओठ सानो वा ठूलो बनाउन । ९यो इन्जेक्सनबाट पनि गराउन मिल्छ० ।
– आँखाको तलपट्टि जमेको बोसो हटाउन ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : १० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर