सरकारको कामकारबाही बारे नेकपा कै सांसद रुष्ट, साम्य बनाउने प्रयास हुँदै « Khabarhub

सरकारको कामकारबाही बारे नेकपा कै सांसद रुष्ट, साम्य बनाउने प्रयास हुँदै


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेकपाका सांसदले सरकार र पार्टीका काम प्रभावकारी रूपमा सञ्चालन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्। सांसदहरू कडा रूपमा प्रस्तुत भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अहिलेसम्मका कमजोरी सुधारेर अघि बढ्ने भन्दै उनीहरूलाई साम्य पार्ने प्रयत्न गरेको कान्तिपुर दैनिकमा खबर छ।

नेतृत्व एकलौटी ढंगले चल्न खोजेको र पार्टीभित्र अन्तर्क्रिया नगरी मनलाग्दी काम गर्दै हिँडेको सांसदहरूको भनाइ थियो।आफ्ना कुरा राख्न नपाएकोभन्दै असन्तुष्टि प्रकट गरेपछि अध्यक्षद्वयले सोमबार उनीहरूलाई बोल्न दिने गरी संसदीय दलको बैठक बोलाएका थिए।

पार्टी एकतापछि पहिलोपटक सांसदको राय बुझ्ने गरी डाकिएको बैठकमा अधिकांशले सरकारका कामप्रति असन्तुष्टि र पार्टीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे। सरकार र पार्टीको कार्यशैलीका कारण जनविश्वास घट्दै गएको उनीहरूको निष्कर्ष थियो। सुशासन दिने प्रतिबद्धता भए पनि त्यसअनुसारको अनुभूति जनताले गर्न नसकेको उनीहरूले बताए। बजेट छुट्याउने विषयमा मन्त्रीले एकलौटी गरेको भन्दै उनीहरूले आरोप लगाए।

स्थायी समिति सदस्य घनश्याम भुसालले सरकार र पार्टी सैद्धान्तिक रूपमै अलमलमा हिँडिरहेको बताए। उनले कुन दिशामा कसरी जाने भन्ने छलफल नभएको भन्दै नेतृत्वको आलोचना गरे। बैठकमा एजेन्डा तय गरेर छलफल गर्ने र त्यसको आधारमा निष्कर्षमा पुग्ने काम नभएको उनले बताए।

स्थायी समितिका अर्का सदस्य भीम रावलले सरकारले एकपछि अर्को गलत निर्णय गरिरहेको भन्दै आलोचना गरे। उनले भारतीय फिल्म अवार्ड ‘आइफा’ का लागि सरकारले स्वीकृति दिएको विषयको पनि आलोचना गरे।

स्थायी समिति सदस्य जनार्दन शर्माले आफूलाई लागेको कुरा स्पष्ट रूपमा पार्टीमा भन्न पाउनुपर्ने भन्दै छलफलै नभएकोमा आपत्ति जनाए। ‘नबोले बोलेन भन्छन्, बोलेपछि केही कुरा भन्नैपर्ने हुन्छ किनकि सबै कुरा समर्थन वा चुप लागेर सुन्ने खालका मात्र छैनन्।’ अर्का नेता देवेन्द्र पौडेलले सरकार लक्ष्यअनुसारको बाटोमा हिँड्न नसकेको बताए।

सांसद रामकुमारी झाँक्रीले पार्टीलाई मिलाएर हिँड्न नसकेको, बालुवाटारको सीमित घेराभित्रबाट मात्र चल्न खोजेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिन्। उनले पार्टी र संसदीय दल कामविहीन भएको बताइन्। पार्टीलाई एउटै लयमा नहिँडाउँदा समस्या भएको भन्दै उनले सरकारको औपचारिक काम सिंहदरबारको फराकिलो दायराबाट सञ्चालन गर्न प्रधानमन्त्रीकोध्यानाकर्षण गराइन्।

खगराज अधिकारी, पदम गिरी, अन्जना विशंखेलगायतले सांसदलाई पहिले योजना माग्ने, पछि बजेटमा बेवास्ता गर्ने खालको गतिविधि भएको भन्दै आपत्ति जनाए। करिब ३० सांसदले बोलेपछि अध्यक्ष पुष्पकमल दाहाल र अन्तिममा प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए। उनीहरूले सरकार र पार्टीका काममा कमजोरी भएको स्विकारे पनि सांसदहरूलाई राम्रा कामको डिफेन्स गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले राम्रा काम गर्न खोज्दा खोज्दै पनि सरकारलाई अप्ठेरो र असफल पार्न खोज्ने तत्त्वहरू सक्रिय भइरहेकाले त्यसैको लहैलहैमा नलाग्न सांसदलाई आग्रह गरे। विधेयकहरू नपढी विपक्षीले विरोध गर्ने गरेकाले उनको भनाइ थियो ।

गुठी विधेयक, गोविन्द केसीको आन्दोलनलगायतसँग जोडेर बेला–बेला सरकारलाई असफल पार्न खोज्नेहरू सक्रिय हुने गरेको ओलीको धारणा थियो। ‘सबै सम्हालिएर हिँड्नुपर्छ, सम्हालिएनौं भने सिद्धिन्छौं,’ बैठकमा प्रधानमन्त्रीले ओलीले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘हामीसँग केही छ भने बाँड्न सक्छौं,केही नै नरहे के बाँड्ने?’

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : २३ बजे

हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू)

काठमाडौं- गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्री

बालेनले जवाफ नदिएपछि थप रणनीति तय गर्न कांग्रेस दलको कार्यालयमा जुटे विपक्षी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्‍मा आएर जवाफ दिन तयार नभएपछि

बीमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

चितवन– ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ

एमाले कार्यदल बैठक : पार्टी बलियो बनाउन असार १९ सम्म देशभर सुझाव संकलन गरिने

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा

अफगानिस्तानमा बाढीका कारण ३०१ जनाको मृत्यु, ३८५ घाइते

काबुल- विगत १० हप्तामा अफगानिस्तानमा फैलिएको मौसमी तथा आकस्मिक बाढी