इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाइने « Khabarhub

इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाइने


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र बालश्रममुक्त बनाउन सरोकारवालाले जोड दिएका छन् । सोमबार रुपन्देहीको नयाँमिलमा भएको ‘श्रमिकमैत्री इँटा उद्योग, इँटा उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उनीहरुले प्रदूषण र बालश्रममुक्त गराउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्योगले मुलुकको अर्थतन्त्रलाई चलायमान गराइरहेको उल्लेख गर्दै इँटा उद्योगलाई सहजरूपमा कर्जा प्रवाह गर्न पहल गर्ने आश्वासन दिए । प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले इँटा उद्योगको पुरानो इतिहास रहेको बताउँदै उद्योगलाई प्रविधिमैत्री बनाएर विकासको मूलधारमा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रलाल अधिकारी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव टीकाराम अर्याल, इँटा उद्योग व्यवसायी सङ्घलगायतले इँटा उद्योगलाई बालश्रममुक्त गराउन चेतनामूलक कार्यक्रम आवश्यक भएको बताए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै