आईसीसी विश्वकपमा आज भारत र बंगलादेश भिड्दै | Khabarhub Khabarhub

आईसीसी विश्वकपमा आज भारत र बंगलादेश भिड्दै


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा आज (मंगलबार) भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई बलिया एसियाली प्रतिद्वन्दी टोली एजबेस्टनमा आमने सामने हुनेछन् । खेल पौने ३ बजे शुरु हुनेछ । भारतले खेलिएका ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ ।

एक खेल बर्षाले रद्व हुदाँ अन्य खेलमा जित निकाल्न सफल भएको छ । भारतले ७ खेलबाट ११ अंक बटुलेको छ । अर्को बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ ।

विजय शंकर भारतीय टिमबाट दोस्रो खेलाडीको रुपमा बाहिरिएका छन् । उनको स्थान मयांक अग्रवालले लिने भएका छन् । तर अग्रवाल बंगलादेशविरुद्वको खेलमा मैदानमा देखिने छैनन् ।

यता बंगलादेशलाई भारतविरुद्वको खेल अगाडी एक सुखद खबर प्राप्त भएको छ । उसका मध्य क्रमका ब्याट्सम्यान अहमुदअल्लाह अब फिट भएका छन् ।

भारतीय टिममा केदार जाधवले यस बिश्वकपमा खासै गतिलो प्रर्दशन गर्न सकेका छैनन । उनको फिल्डिङमा समेत प्रश्न गरिएको छ । ब्याटिङ पिच भएको अवस्थामा दिनेश कार्तिकलाई टिममा स्थान मिल्ने सक्नेछ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ८ : ४१ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका