चरेस नष्ट गर्दै सुरक्षा प्रमुख र जनप्रतिनिधि | Khabarhub Khabarhub

चरेस नष्ट गर्दै सुरक्षा प्रमुख र जनप्रतिनिधि


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- दैनिक सुरक्षा र जनताको काममा सदरमुकाममा बसेर काम गरेर समय खर्चिने गरेका सुरक्षा अधिकारी एक वर्षयता गाउँ–गाउँमा पुगेर विभिन्न खालका अभियान चलाउने गरेका छन् ।

कुशे गाउँपालिकको-६ थर्पुभार्मा प्रहरी चौकी स्थापना गर्न गएका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी नायब उपरीक्षक श्याम खत्री र गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलगायतको टोलीले डेढ रोपनी जग्गामा लगाएको चरेसखेती नष्ट गरेको छ । जिल्लाका सुरक्षा अधिकारी आफैँ उपस्थित भएर यसरी आफैँ लागुऔषधका रूपमा प्रयोग हुने चरेसखेती नष्ट गरेको पहिलो घटना हो ।

अवैध लागुऔषध चरेसखेतीलाई नष्ट गर्ने अभियान कुशे गाउँपालिकाको भार्माबाट शुरु गरेको प्रजिअ बस्नेतले बताए । गाउँपालिकाबाट शुरु गरिएको यस अभियानलाई जिल्लाका सबै स्थानीय तहका सबै वडास्तरसम्म पुर्‍याइने प्रजिअ बस्नेतको भनाइ थियो ।

गाँजा, चरेसलगायतका अवैध लागुऔषधको उत्पादन, खरीदबिक्रीलगायतको ओसारपसार गर्न नपाउने गरी नेपाल सरकारले अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको बताउँदै उनले लागुऔषध दुर्व्यसनीसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँ-गाउँमा सञ्चालन गर्दै अगाडि बढ्ने जानकारी दिए ।

सरकारको नियम कानूनलाई कार्यान्वयन गराउने निकायका रुपमा सधैँभरि जनताको बीचमा नेपाल प्रहरी रहेको प्रहरी नायब उपरीक्षक खत्रीले बताए । सरकारको निर्देशनमा गाँजा, चरेसलगायतका अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्न नेपाल प्रहरी लागिपरेको जानकारी दिँदै उनले अवैध लागुऔषधको कारोबार गर्नेलाई मात्र नभएर खेती गर्नेलाई पनि मुद्दा चलाउन सक्ने कानूनी व्यवस्था भएको जानकारी दिए।

शान्ति, सुरक्षा र अमनचैन कायम गर्न जनताको पक्षमा लागिपरेको नेपाल प्रहरीलाई आम नागरिकले साथ दिन खत्रीले आग्रह गरे । जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा चरेस, अफिमलगायतका खेती लुकीछिपी अत्यधिक गरिँदै आएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : ०४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले