३८ क्विन्टल सुन तस्करी प्रकरण– विराटनगर उच्च अदालतका न्यायाधीश सिंह बर्खास्त | Khabarhub Khabarhub

३८ क्विन्टल सुन तस्करी प्रकरण– विराटनगर उच्च अदालतका न्यायाधीश सिंह बर्खास्त


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा तानिएका न्यायाधीश उमेश कुमार सिंहलाई सेवाबाट पदमुक्त गरिएको छ ।

सोमबार साँझ बसेको न्याय परिषदको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश सिंहलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत विराटनगरकै न्यायाधीशहरु थीरबहादुर कार्की र साधुराम सापकोटाको २ वर्षका लागि बढुवा रोक्का गर्ने निर्णय गरेको छ ।

कार्यसम्पादन प्रक्रिया चित्त बुझ्दो नभएको कारण देखाउँदै परिषदको बैठकले कार्की र सापकोटाको बढुवा प्रक्रिया २ वर्षसम्मका लागि रोक्का गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका न्यायाधीशहरु कार्की र सिंहलाई गम्भीर प्रकृतिको कार्यमा संलग्न भएको भन्दै परिषदले स्पष्टीकरण सोधेको थियो । सिंहको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि उनलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको परिषद स्रोतले जानकारी दियो ।

विराटनगर उच्च अदालतका ८ जना न्यायाधीश मोरङ उर्लाबारीका सनम शाक्य हत्या र ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका थिए । जसमध्ये ५ जना न्यायाधीशले भने यसअघि नै परिषदबाट सफाइ पाइसकेका थिए ।

परिषदले उच्च अदालत विरटानगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल तथा न्यायाधीशहरु सारंगा सुवेदी, जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णविरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १० : ४९ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली