भारतको मुम्बई र पुणेमा भारी वर्षापछि पर्खाल भत्किँदा २१ जनाको ज्यान गयो « Khabarhub

भारतको मुम्बई र पुणेमा भारी वर्षापछि पर्खाल भत्किँदा २१ जनाको ज्यान गयो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा भारी वर्षाका कारण विभिन्न तीन ठाउँमा पर्खाल भत्किँदा २१ जनाको मृत्यु भएको छ ।

मुम्बई र पुणेका छुट्टाछुट्टै तीन ठाउँमा भारी वर्षाका कारण पर्खाल भत्किँदा २१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पर्खाल भत्किँदा अन्य धेरै घाइते भएका छन् । केही गम्भीर छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले ज्यान गुमाउने परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

मुम्बईको मलाड ईस्टमा पर्खाल भत्किँदा १२ जनाको मृत्यु भएको हो । मलबेकै भत्किएको पर्खालमा केही मानिसहरु पुरिएको हुनसक्ने भन्दै उद्धारकार्य जारी राखिएको छ ।

त्यस्तै पुणेको सिंहगढ़ कलेजको पर्खाल भत्किँदा ६ जनाको र्मतयु भएको छ । सो घटनामा ४ जना घाइते भएका छन् । त्यस्तै पर्खाल भत्किएको अर्को घटना कल्याणमा भएको हो । जहाँ तीन जनाको ज्यान गएको छ ।

मुम्बईको पूर्वी मलाड क्षेत्रको पिंपरीपाडामा भारी वर्षा पछि पर्खाल भत्किएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण उद्धार तथा राहतमा कठिनाइ भइरहेको जनाइएको छ ।

सोमबार राति दोस्रो घटना पुणेमा घटेको हो । जहाँ गएराति सवा एक बजेको समामा सिंहगढ़ कलेजको पर्खाल भत्किएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यस्तै तीन दिन अघि पुणेको कोढवामा भारी वर्षाका कारण पर्खाल भत्किँदा १५ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई दिन यता परेका भारी वर्षाका कारण मुम्बई लगायतका क्षेत्रको जनजीवन प्रभावित बनेको छ । रेल तथा  यातायात सेवा ठप्प बनेका छन् ।

 

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १० : ५८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा