भारतमा भारी वर्षाः पर्खाल भत्किँदा ज्यान गुमाउनेको संख्या २७ पुग्यो | Khabarhub Khabarhub

भारतमा भारी वर्षाः पर्खाल भत्किँदा ज्यान गुमाउनेको संख्या २७ पुग्यो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा भारी वर्षाका कारण विभिन्न तीन ठाउँमा पर्खाल भत्किँदा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

मुम्बई र पुणेका छुट्टाछुट्टै तीन ठाउँमा भारी वर्षाका कारण पर्खाल भत्किँदा २७ जनाको मृत्यु भएको हो । पर्खाल भत्किँदा अन्य धेरै घाइते भएका छन् । केही गम्भीर छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले ज्यान गुमाउने परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

मुम्बईको मलाड ईस्टमा पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको हो । मलबेकै भत्किएको पर्खालमा केही मानिसहरु पुरिएको हुनसक्ने भन्दै उद्धारकार्य जारी राखिएको छ ।

त्यस्तै पुणेको सिंहगढ़ कलेजको पर्खाल भत्किँदा ६ जनाको मृत्यु भएको छ । सो घटनामा ४ जना घाइते भएका छन् । त्यस्तै पर्खाल भत्किएको अर्को घटना कल्याणमा भएको हो । जहाँ तीन जनाको ज्यान गएको छ ।

मुम्बईको पूर्वी मलाड क्षेत्रको पिंपरीपाडामा भारी वर्षा पछि पर्खाल भत्किएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण उद्धार तथा राहतमा कठिनाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ११ : ३६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि