मुद्दा मिलाइदिने भन्दै ३ लाख रुपैयाँ लिने बाबु–छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

मुद्दा मिलाइदिने भन्दै ३ लाख रुपैयाँ लिने बाबु–छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलाशका टाइपिस्ट (नायव सुब्बा) कृष्ण कुमार पाठक र उनका छोरा आदित्य कुमार पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा मिलाइदिने भन्दै नासु पाठकले सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियारले आफ्नै पैसा (३ लाख रुपैयाँ) दिएर सेवाग्राहीलाई पाठकसमक्ष पठाएको थियो । सेवाग्राहीले घुस वापतको रकम दिइसकेपछि पुगेको अख्तियारको टोलीले नासु पाठकलाई पक्राउ गर्‍यो । तर, घुस रकम फेला परेन ।

अख्तियारले गरेको छानबिनका क्रममा नासु पाठकले आफ्ना छोरा आदित्यलाई पैसा दिएर पठाएका खुलेको छ । आदित्य भने आफ्ना बुवाले बुझेको घुस रकम बुझेर फरार भएका छन् ।

सोही आधारमा अख्तियारले दुवै बाबु–छोराविरुद्ध ३ लाख रुपैयाँ बिगो तथा जरिवाना मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै, घुस प्रकरणमा सहयोग गरेको भन्दै उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलाशका कार्यालय सहयोगी गयादिन गडरियाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गडरियाविरुद्ध १ लाख रुपैयाँ बिगो तथा जरिवाना मागदावी गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ११ : ३८ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम