लोक सेवाको विज्ञापनमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

लोक सेवाको विज्ञापनमा आवेदन दिने आज अन्तिम दिन


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले स्थानीय सेवाअन्तर्गत ५ सय १५ स्थानीय तहका विभिन्न पदका लागि आह्वान गरेको पदपूर्तिसम्बन्धी विज्ञापनको अन्तिम म्याद आज (मंगलबार) सकिँदै छ ।

आयोगले गत जेठ १५ गते विज्ञापन आह्वान गरी देशभरका विभिन्न ५ सय १५ ओटा स्थानीय तहका ९ हजार १ सय ६१ पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो ।

आयोगले यसअघि जेठ ३० गतेसम्मका लागि अन्तिम म्याद तोकेकोमा दरखास्त दिने अनलाइन प्रणालीमा खराबी आएपछि असार १० गतेसम्मका लागि अन्तिम मिति तोकी १७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने व्यवस्था गरेको थियो ।

४ लाख भन्दा बढीको आवेदन

आयोगले समावेशी सिद्दान्तविपरीत विज्ञापन आह्वान गरेको भन्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशन जारी गरेको थियो । यस्तै उक्त विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएका थिए ।

सर्वोच्चले लोक सेवाको विज्ञापनविरुद्ध परेका २ रिटमाथि सुनुवाइ गर्दै सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरिसके पछि स्थानीय तहमा कर्मचारी भर्ना गर्ने पक्रिया अगाडि बढ्ने निश्चित भएको छ ।

लोक सेवाको इतिहासमै एकैपठक ९ हजार बढी कर्मचारी भर्नाका लागि आह्वान भएको विज्ञापनमा विभिन्न विवाद र अवरोधहरु सिर्जना भएपनि आवेदकको संख्या भने धेरै नै रह्यो ।

लोक सेवा आयोग स्रोतका अनुसार मंगलबार विहानसम्म ४ लाख १८ हजार २ सयको हाराहारीमा दरखास्त परेका छन् ।

मंगलबार (असार १७ गते) राति १२ बजेसम्म दरखास्त बुझाउने म्याद भएकाले यो संख्या अझै बढ्नसक्ने लोक सेवा आयोगका प्रवक्त किरण राज शर्माले बताए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १२ : ०० बजे

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित