प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम हिनामिना « Khabarhub

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम हिनामिना


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय (लकडमण्डी) मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राधानाध्यापकको मिलेमतोमा २ लाख ५९ हजार रुपैयाँ बराबरको अनियमितता भएको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा राष्ट्रिय माविका पूर्व प्रधानाध्यापक लाल कुमार झा तथा पवन कुमार महतो र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहु प्रसाद डगौराको मिलेमतोमा अनियमितता भएको पाइएको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०६६/०६७, २०६९/०७० र २०७०/७१ मा विद्यालयको विभिन्न शीर्षकमा निकासा भएको रकममा अनियमितता भएको भेटिएको हो ।

पूर्व प्रधानाध्यापक झा र महतो तथा अध्यक्ष डगौरासमेत मिलेमतोमा निकासा भएको रकम प्राप्त गरी खर्चको लेखाजोखी नगरी अनियमितता भएको अख्तियारले जनाएको छ ।

अख्तियारले विद्यालयको रकममा अनियमितता गरेको भन्दै पूर्व प्रधानाध्यापक झाविरुद्ध २ लाख ५९ हजार ४ सय ८२ रुपैयाँ ७३ पैसा, अध्यक्ष डगौराविरुद्ध २ लाख १० हजार २ सय ५२ रुपैयाँ ७३ पैसा र भूतपूर्व प्रधानाध्यापक महतोविरुद्ध ६३ हजार रुपैयाँ बिगो तथा जरिवाना मागदावी गर्दै सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १२ : २७ बजे

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा– बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ