प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम हिनामिना | Khabarhub Khabarhub

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम हिनामिना


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय (लकडमण्डी) मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राधानाध्यापकको मिलेमतोमा २ लाख ५९ हजार रुपैयाँ बराबरको अनियमितता भएको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा राष्ट्रिय माविका पूर्व प्रधानाध्यापक लाल कुमार झा तथा पवन कुमार महतो र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहु प्रसाद डगौराको मिलेमतोमा अनियमितता भएको पाइएको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०६६/०६७, २०६९/०७० र २०७०/७१ मा विद्यालयको विभिन्न शीर्षकमा निकासा भएको रकममा अनियमितता भएको भेटिएको हो ।

पूर्व प्रधानाध्यापक झा र महतो तथा अध्यक्ष डगौरासमेत मिलेमतोमा निकासा भएको रकम प्राप्त गरी खर्चको लेखाजोखी नगरी अनियमितता भएको अख्तियारले जनाएको छ ।

अख्तियारले विद्यालयको रकममा अनियमितता गरेको भन्दै पूर्व प्रधानाध्यापक झाविरुद्ध २ लाख ५९ हजार ४ सय ८२ रुपैयाँ ७३ पैसा, अध्यक्ष डगौराविरुद्ध २ लाख १० हजार २ सय ५२ रुपैयाँ ७३ पैसा र भूतपूर्व प्रधानाध्यापक महतोविरुद्ध ६३ हजार रुपैयाँ बिगो तथा जरिवाना मागदावी गर्दै सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १२ : २७ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला