१० दिनमा शाहिदको ‘कबीर सिंह’ ले कति कमायो ? « Khabarhub

१० दिनमा शाहिदको ‘कबीर सिंह’ ले कति कमायो ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बक्स अफिसमा फिल्म ‘कबीर सिंह’ को कमाइले ओरालो लाग्ने छाँट ल्याएको छैन । यो फिल्म दोस्रो हप्तामा पनि गज्जबका साथ चलिरहेको छ । खासगरी फिल्ममा शाहिद कपूरको अभिनयलाई धेरैले मन पराएका छन् ।

दोस्रो हप्तामा फिल्मले शुक्रवार १२ करोड २१ लाख, शनिवार १७ करोड १० लाख र आइतवार १७ करोड ८४ लाख कमाइ गरेको छ । यो फिल्मले पहिलो हप्ता मात्र १३४ करोड भारु कलेक्सन गरेको थियो ।

फिल्मले १० दिनमा १८१ करोड ५७ लाख भारु कमाइ गरेको छ । अब फिल्मले सहजै २ सय करोड कमाउने अनुमान गरिएको छ ।

फिल्ममा शाहिद कपूरले एक प्रेमीको भूमिका निभाएका छन् । कबीर सिंह तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को आधिकारिक रिमेक भर्सन हो । यो फिल्म शाहिद कपूरका फिल्ममध्ये १ सय करोड कमाउने पहिलो फिल्म बनेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको