१० दिनमा शाहिदको ‘कबीर सिंह’ ले कति कमायो ? | Khabarhub Khabarhub

१० दिनमा शाहिदको ‘कबीर सिंह’ ले कति कमायो ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बक्स अफिसमा फिल्म ‘कबीर सिंह’ को कमाइले ओरालो लाग्ने छाँट ल्याएको छैन । यो फिल्म दोस्रो हप्तामा पनि गज्जबका साथ चलिरहेको छ । खासगरी फिल्ममा शाहिद कपूरको अभिनयलाई धेरैले मन पराएका छन् ।

दोस्रो हप्तामा फिल्मले शुक्रवार १२ करोड २१ लाख, शनिवार १७ करोड १० लाख र आइतवार १७ करोड ८४ लाख कमाइ गरेको छ । यो फिल्मले पहिलो हप्ता मात्र १३४ करोड भारु कलेक्सन गरेको थियो ।

फिल्मले १० दिनमा १८१ करोड ५७ लाख भारु कमाइ गरेको छ । अब फिल्मले सहजै २ सय करोड कमाउने अनुमान गरिएको छ ।

फिल्ममा शाहिद कपूरले एक प्रेमीको भूमिका निभाएका छन् । कबीर सिंह तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को आधिकारिक रिमेक भर्सन हो । यो फिल्म शाहिद कपूरका फिल्ममध्ये १ सय करोड कमाउने पहिलो फिल्म बनेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : १८ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो