माधव नेपालको चिन्ता– सरकार धेरै अलोकप्रिय भयो ! « Khabarhub

माधव नेपालको चिन्ता– सरकार धेरै अलोकप्रिय भयो !


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सरकार दिनप्रतिदिन अलोकप्रिय बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

एकपछि अर्को गर्दै सरकारका कामकारबाहीहरु अलोकप्रिय बन्दै जानु देशकै लागि चिन्ताको विषय भएको नेपालको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभालाई सम्बोधन गर्दे नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति तथा अवकास लगायत सरकारका क्रियाकलावका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।

न्युनतम पुर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्न खोज्दा समस्या सिर्जना भएको नेपालले टिप्पणी गरे ।

पार्टीभित्रको आन्तरिक विवादतर्फ संकेत गर्दै नेता नेपालले ‘व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त नहुने’ भन्दै परिवर्तनको आवश्यकता रहेको बताए । नेतृत्व विचारमा रहेको विविधितालाई सकरात्मक रुपमा लिएर आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने पनि नेता नेपालको भनाइ थियो ।

‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ,’ नेपालले भने, ‘व्यवहारले ठीक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ ।’

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डको विषयमा भएका विभिन्न टिप्पणीहरुको सन्र्दभमा बोल्दै नेपालले भने, ‘मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नु पर्छ ।’

‘आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ । राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने । नेपालीहरुले दुख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन,’ नेपालले अगाडि भने, ‘नेपालको उद्योगधन्दाहरु धरासायी हुने, विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन ।’

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया