साम्राज्ञी र उपासनाको भिडन्तमा घाटा कसलाई ? « Khabarhub

साम्राज्ञी र उपासनाको भिडन्तमा घाटा कसलाई ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – पहिलेका वर्षका तुलनामा यसवर्ष खासै धेरै फिल्म बनेका छैनन् । केही राम्रा ब्यानरका फिल्म निर्माणका क्रममा छन् । तर, नयाँ फिल्ममेकरले नयाँ प्रोजेक्टमा कम लगानी गरिरहेका छन् । चलचित्र निर्माणमा बिस्तारै फिल्टर हुन थालेको छ । त्यसो त केही ठूला ब्यानरका फिल्म यतिबेला धमाधम शूटिङमा व्यस्त छन् । केही फिल्म निर्माण हुने औपचारिक घोषणा भइरहेको छ ।

पहिलेका वर्ष फिल्म धेरै हुँदा एकपछि अर्को गर्दै फिल्म जुधिरहेका हुन्थे । तर, अहिले तुलनात्मक रुपमा कम फिल्म निर्माण भइरहेका छन् । तर पनि फिल्मलाई एउटै मितिमा रिलिज गर्ने परिपाटी नेपाली फिल्मकर्मीको गएको छैन ।

आउँदो भदौ १३ मा दुई फिल्म ‘कबड्डी ३’ र ‘मारुनी’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । जबकि, मेकिङका हिसाबले यी दुवै चलचित्रको उत्तिकै चर्चा छ । अर्कातिर ‘कबड्डी ३’ सुपरहिट सिक्वेलका कारण पनि चर्चामा छ । यो फिल्मले स्वत: दर्शक पाउने अनुमान गरिएको छ ।

फिल्म टिमले कलाकारको चयन पनि त्यसरी नै गरेको छ । ‘क्याप्टेन’ बाट चर्चामा आएकी उपासनासिंह ठकुरी पनि यो फिल्ममा देखिँदैछिन् । यस्तै दयाहाङ राई, कर्मा, रिश्मा गुरुङ र अघिल्लो सिक्वेलका केही कलाकारले पनि यो फिल्ममा अभिनय गर्नेछन् ।

यता सोही मितिमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको अभिनय रहने फिल्म ‘मारुनी’ पनि रिलिज हुँदैछ । यो फिल्म खासगरी साम्राज्ञीका कारण बढी चर्चामा छ । केही हप्ताअघि सार्वजनिक गरिएको फस्ट लूकले पनि फिल्मको क्रेज बढाइरहेको छ । तर, नेपालको परिवेशमा कमेडी फिल्मले अन्य जानराका फिल्मलाई सधै थिचिरहेको अवस्था छ ।

तस्वीर – आर्यन बिमली

एकातिर साम्राज्ञीको चर्चा भइरहँदा अर्कातिर उपासनाको पनि उत्तिकै चर्चा भइरहेको छ । यी दुवैका फ्यान फलोइङ दिनानुदिन बढिरहेका छन् । एक हिसाबले फिल्म हलमा एकैपटक रिलिज हुनु भनेको साम्राज्ञी र उपासनाको क्रेज देखिनु भन्ने पनि हो ।

कतिपयले दुईटै प्रतीक्षित फिल्म एउटै मितिमा रिलिज हुँदा दुवै फिल्मलाई सीधै घाटा हुने बताउँछन् । आखिर जति नै स्तरीय फिल्म भए पनि एकसाथ रिलिज हुँदा दर्शक बाँडिने नै हुन् । घाटा हुने त दुवै पक्षलाई नै हो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ५४ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन