ई-चुरोट सेवन गर्दै हुनुहुन्छ ? भ्रममा नपर्नुहोस् ! अध्ययनले यस्तो देखायो « Khabarhub

ई-चुरोट सेवन गर्दै हुनुहुन्छ ? भ्रममा नपर्नुहोस् ! अध्ययनले यस्तो देखायो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- परम्परागत धूमपान सेवनले स्वास्थ्यमा असर पर्ने भन्दै विकल्पको रुपमा ई-चुरोट (विद्युतीय चुरोट) को प्रयोग हुँदै आएको थियो । तर वैज्ञानिक अनुसन्धानले ई-चुरोट सेवनले पनि स्वास्थ्यमा जोखिम निम्त्याउने देखाएको छ । ई-चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्ने देखाएको छ ।

आई-साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्दछ ।

सुरुवाती दिनहरुमा सुरक्षित ठानिएको ई-चुरोटहरु जस्तै भ्यूज र जूल पनि निकै हानिकारक हुने गरेको अध्ययनले देखाएको छ । यी चुरोटहरु नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट मस्तिष्कका कोषिकाहरु मर्ने वा रोगी हुने अध्ययनमा भनिएको छ ।

अध्ययनकी लेखिका अटेना जाहेदीले निकोटिन भएका कुनै पनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक देखिएको पनि बताईन् । उनले ई-चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले पनि यो निकै खतरनाक देखिएको बताईन् ।

मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले युवा र गर्भवतीले यसमा अझ बढी ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

उनले युवा, किशोरावस्था वा गर्भवती हुँदा मस्तिष्कमा ई-चुरोटले बहुआयामिक असर पार्ने गरेको अध्ययनबाट देखिएको बताईन् । यस्तो उमेरमा ई-चुरोट सेवनले स्मरणशक्ति, सिकाई र बोधमा ठूलो क्षति पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  २ : २९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार