मलेसियामा ४ नेपालीसहित ९४ जना अप्रवासी कामदार पक्राउ « Khabarhub

मलेसियामा ४ नेपालीसहित ९४ जना अप्रवासी कामदार पक्राउ


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियामा अवैधानिक रुपमा बसी रोजगारदाता कम्पनीमा शरण लिइर रोजगारी गरी रहेका ४ नेपालीसहित ९४ जना आप्रवासी कामदार पक्राउ परेका छन् । गत आइतवारदेखि मलेसिया प्रहरीले गरेको खोजतलाशका क्रममा उनीहरु पक्राउ परेको स्थानीय सञ्चारमाध्यम द स्टारले समाचार लेखेको छ ।

विदेशी श्रमिक कार्यरत विभिन्न रोजगारदाता कम्पनीमा २ सय ७१ विदेशीको जाँच गर्दा ९४ जनासँग वैधानिक कागजात साथमा नभएका कारण उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।

मलेसिया प्रहरीका अनुसार सवैभन्दा धेरै बंगलादेशी श्रमिक पक्राउ परेका छन् । बंगलादेशका ३१ जना पक्राउ परेको मलेसिया प्रहरीले जनाएको छ । २८ जना म्यानमारका कामदार, ११ जना ईण्डोनेशियाका कामदार, ५ जना भारतीय, ४ जना नेपाली, तीनजना सोमाली तथा २ पाकिस्तानी र २ नाइजेरियाली रहेको द स्टारले लेखेको समाचारमा उल्लेख छ ।

पक्राउ परेका विदेशी कामदारहरुलाई अनुसन्धानका लागि जिनजाङगस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ३ : २२ बजे

उम्मेदवार गाउँ गाउँमा : चुनावी प्रचार तीव्र

भेरीगङ्गा– फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी

चुनाव जितेका बीएनपी नेता तारिकलाई मोदीको बधाई

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका नेता

निषेधाज्ञा छल्दै प्रसाईंसहितका सयौँ राजावादी ज्ञानेन्द्रको स्वागतमा (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर

फागुन ४ देखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने

काठमाडौं– नेपाल हक्की संघले यही फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय