मलेसियामा ४ नेपालीसहित ९४ जना अप्रवासी कामदार पक्राउ | Khabarhub Khabarhub

मलेसियामा ४ नेपालीसहित ९४ जना अप्रवासी कामदार पक्राउ


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियामा अवैधानिक रुपमा बसी रोजगारदाता कम्पनीमा शरण लिइर रोजगारी गरी रहेका ४ नेपालीसहित ९४ जना आप्रवासी कामदार पक्राउ परेका छन् । गत आइतवारदेखि मलेसिया प्रहरीले गरेको खोजतलाशका क्रममा उनीहरु पक्राउ परेको स्थानीय सञ्चारमाध्यम द स्टारले समाचार लेखेको छ ।

विदेशी श्रमिक कार्यरत विभिन्न रोजगारदाता कम्पनीमा २ सय ७१ विदेशीको जाँच गर्दा ९४ जनासँग वैधानिक कागजात साथमा नभएका कारण उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।

मलेसिया प्रहरीका अनुसार सवैभन्दा धेरै बंगलादेशी श्रमिक पक्राउ परेका छन् । बंगलादेशका ३१ जना पक्राउ परेको मलेसिया प्रहरीले जनाएको छ । २८ जना म्यानमारका कामदार, ११ जना ईण्डोनेशियाका कामदार, ५ जना भारतीय, ४ जना नेपाली, तीनजना सोमाली तथा २ पाकिस्तानी र २ नाइजेरियाली रहेको द स्टारले लेखेको समाचारमा उल्लेख छ ।

पक्राउ परेका विदेशी कामदारहरुलाई अनुसन्धानका लागि जिनजाङगस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ३ : २२ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण