आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन « Khabarhub

आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको आईफा अवार्ड रोक्न निर्देशन दिएको छ । भदौ दोस्रो साताका लागि आयोजना हुने भनिएको अवार्ड रोक्न समितिले निर्देशन दिएको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए ।

मंगलबार बसेको समितिको बैठकले विवादमा तानिएको आईफा अवार्डको कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिमा उपस्थित सबै सांसदहरुले अवार्डको विपक्षमा भनाई राखेका थिए । सांसदहरु यसको विरोधमा उत्रिएपछि सभापतिले अवार्ड रोक्न निर्देशन दिएको सचिव दुराले जानकारी दिए ।

समितिका सदस्यसमेत रहेका सांसद दिव्यमणि राजभण्डारीले भने, ‘नेपाली जनतालाई आर्मी अफिसर्स क्लब छिर्न नदिने, भारतीय कलाकार आएर नाच्दा सेनाले सुरक्षा दिने ?’

सांसद राजभण्डारीले सलमान खान नेपाल आउने भनिएपनि सुरक्षाको कारण देखाएर नआएको भन्दै उनले आईफाका लागि समेत नेपाल नआए समस्या हुनेभन्दै रोक्न निर्देशन दिएको बताए ।

समिति सचिव दुराले आईफा अवार्ड रोक्न निर्देशन दिएको पुष्टि गरे । उनले भने,‘सबै माननीय सदस्यहरुले आईफा अवार्डको विरोध गरेपछि समितिले रोक्न निर्देशन दिएको हो ।’ उनले अवार्ड कार्यक्रम रोक्न निर्देशन दिने समितिको निर्णयमा सर्वसम्मत भएको समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ४ : २९ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा