प्याराग्लाइडिङका युकेश सर्वोत्कृष्ट खेलाडी घोषित « Khabarhub

प्याराग्लाइडिङका युकेश सर्वोत्कृष्ट खेलाडी घोषित


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार– २०७५ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अर्वाड प्याराग्लाइडिङका युकेश गुरुङले जितेका छन् ।

गत भदौमा इन्डोनसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपालले ऐतिहासिक रजत जित्दा युकेश टोलीका महत्वपूर्ण खेलाडी थिए । युकेशले नगद १५ हजारसहित प्रशंसा पत्र प्राप्त गरे ।

अवार्ड आयोजक शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले शहिद चन्दको जन्म जयन्तीको अवसरमा हरेक वर्ष सातै प्रदेशबाट १–१ खेलाडीको प्रतिनिधित्व हुने गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । युकेश गण्डकी प्रदेशबाट छनोटमा परेका हुन् ।

अन्य ६ प्रदेशका खेलाडीले उत्कृष्ट खेलाडीको अवार्ड पाए । प्रदेश १ बाट गल्फका टंकबहादुर कार्की, प्रदेश २ बाट एथलेटिक्सका अजितकुमार यादव र प्रदेश ३ बाट शारीरिक सुगठनका महेश्वर महर्जन पुरस्कृत भए । टंकले बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिप, अजितले हङकङमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिप र महेश्वरले थाइल्यान्डमा भएको १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

त्यस्तै प्रदेश ५ बाट राष्ट्रिय महिला फुबल टिमकी कप्तान निरु थापा, कर्णाली प्रदेशबाट आईटीएफ तेक्वान्दोका दीपक विक र सुदूरपश्चिम प्रदेशबाट ब्याडमिन्टनका प्रिन्स दाहाल सम्मानित भए । निरुले विराटनगरमा भएको दोश्रो दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपमा रजत तथा दीपकले भारतमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र प्रिन्सले दुबइ ओपन इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण जितेका थिए । उत्कृष्ट सबैले १० हजार नगदसहित प्रशंसा पत्र पाए ।

सोही अवसर फरक क्षमता भएका दुई खेलाडीलाई पनि पुरस्कृत गरियो । एथलेटिक्सका अजय तामाङ र बोसियाकी महिमा कोइराला पुरस्कृत भए । दुवैले युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्समा नेपाललाई स्वर्ण दिलाएका थिए । उनीहरुलाई पनि १० हजार नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको कार्यक्रममा आईटीएफका दीपक र एथलेटिक्सका अजित भने उपस्थित थिएनन् । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), पूर्व मन्त्री लेखराज भट्ट, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, आयोजक ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्दलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ४ : ५७ बजे

पाकिस्तान प्रधानमन्त्री र सेना प्रमुख दुवैजना चीन पुगे

इस्लामावाद– पाकिस्तानका सेनाप्रमुख जनरल असीम मुनीर र प्रधानमन्त्री शहबाज शरीफ

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ– सुनवर्षी नगरपालिका-९ डाईनिया चोकस्थित सडकमा प्र.१-०२-०५७ प८४८७ नम्बरको मोटरसाइकलको

स्ट्रेट अफ होर्मुज खोल्नेबारे ओमान-ईयू वार्ता, इरानी सांसद भन्छन् : कसैको दबाबसामु हामी झुक्दैनौँ

तेहरान- ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुस्यादीले युरोपेली संघ

अवैध लागूऔषध अफिम र गाँजा बरामद

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम

बजेटले बढाउला कर्मचारीको तलब  ?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ४ दिन