नेत्रहिन महिला क्रिकेटर मनकेसीले पाइन् पारा वर्ष खेलाडीको अवार्ड « Khabarhub

नेत्रहिन महिला क्रिकेटर मनकेसीले पाइन् पारा वर्ष खेलाडीको अवार्ड


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको पारा वर्ष खेलडी अवार्ड नेत्रहिन क्रिकेटर मनकेसी चौधरीले प्राप्त गरेकी छन् । खेलकुद पत्रकार मञ्चले मंगलबार केसीलाई पारा एथलेटको विधामा अवार्ड प्रदान गरेको हो । पारा वर्ष खेलाडीको अवार्ड जित्न सफल मनकेसीले अर्वाडसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेकी छन् ।

नेत्रहिन क्रिकेटर केसीले गएको वर्ष पाकिस्तानमा भएको शृङ्खलामा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनी दृष्टिविहीन महिला टोलीकी अब्बल खेलाडी हुन् । चौधरीले क्रिकेटमा लागेको एक दशक पुरा भइसकेको छ । सो क्रममा उनको प्रदर्शन सधैं उत्कृष्ट रह्यो ।

सन् २०१४ मा नेपालमा ब्रिटेनसँग खेलेको तीनवटै टी–२० खेल जित्दा उनी सबै खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

यी विकेट किपरले गत वर्ष पाकिस्तानमा खेलिएको ४ श्रृंङखलामा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले श्रृंङखलाको चारवटै खेल जिताउन मुख्य भूमिका निभाउने क्रममा उनले सर्वाधिक १ सय ८३ रन जोडिन् । दुई अर्धशतक प्रहार गर्दै नेपालको लागि पहिलो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि रचिन् ।

३ खेलमा अविजित पारी खेलिन् अनि दुई खेलमा प्लेअर अफ दि म्याच घोषित भइन् । योसँगै उनले बी टू क्याटेगारीमा प्लेयर अफ द सिरिज नै भएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ०३ बजे

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००