नेत्रहिन महिला क्रिकेटर मनकेसीले पाइन् पारा वर्ष खेलाडीको अवार्ड | Khabarhub Khabarhub

नेत्रहिन महिला क्रिकेटर मनकेसीले पाइन् पारा वर्ष खेलाडीको अवार्ड


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको पारा वर्ष खेलडी अवार्ड नेत्रहिन क्रिकेटर मनकेसी चौधरीले प्राप्त गरेकी छन् । खेलकुद पत्रकार मञ्चले मंगलबार केसीलाई पारा एथलेटको विधामा अवार्ड प्रदान गरेको हो । पारा वर्ष खेलाडीको अवार्ड जित्न सफल मनकेसीले अर्वाडसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेकी छन् ।

नेत्रहिन क्रिकेटर केसीले गएको वर्ष पाकिस्तानमा भएको शृङ्खलामा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनी दृष्टिविहीन महिला टोलीकी अब्बल खेलाडी हुन् । चौधरीले क्रिकेटमा लागेको एक दशक पुरा भइसकेको छ । सो क्रममा उनको प्रदर्शन सधैं उत्कृष्ट रह्यो ।

सन् २०१४ मा नेपालमा ब्रिटेनसँग खेलेको तीनवटै टी–२० खेल जित्दा उनी सबै खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

यी विकेट किपरले गत वर्ष पाकिस्तानमा खेलिएको ४ श्रृंङखलामा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले श्रृंङखलाको चारवटै खेल जिताउन मुख्य भूमिका निभाउने क्रममा उनले सर्वाधिक १ सय ८३ रन जोडिन् । दुई अर्धशतक प्रहार गर्दै नेपालको लागि पहिलो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि रचिन् ।

३ खेलमा अविजित पारी खेलिन् अनि दुई खेलमा प्लेअर अफ दि म्याच घोषित भइन् । योसँगै उनले बी टू क्याटेगारीमा प्लेयर अफ द सिरिज नै भएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ०३ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन