प्याराग्लाइडिङका युकेश गुरुङ बने वर्षको उत्कृष्ट खेलाडी « Khabarhub

प्याराग्लाइडिङका युकेश गुरुङ बने वर्षको उत्कृष्ट खेलाडी


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीको अवार्ड यस वर्ष प्याराग्लाइडिङका युकेश गुरुङले हात पारेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्का लगायतलाई पछि पार्दै गुरुङले उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् ।

यस वर्षको उत्कृष्ट खेलाडीका लागि एनएसजेएफले ५ जनालाई मनोनयन गरेको थियो । जसमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्का, क्रिकेटर सोमपाल काकी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्र बहादुर श्रेष्ठलाई पछि पारेर युकेशले अवार्ड हात पारेका हुन् ।

युकेशले १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष इभेन्टमा नेपाललाई रजत पदक दिलाउन महत्वपूर्ण भूमिका निभएका थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ५७ बजे

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा