पौडी खेल्न गएका दुई दाजुभाइको डुबेर ज्यान गयो « Khabarhub

पौडी खेल्न गएका दुई दाजुभाइको डुबेर ज्यान गयो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा पौडी खेल्न गएको एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर ज्यान गएको छ ।

म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इट्टाभट्टाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्कुलबाट घर फर्कने क्रममा पोखरीमा पौडी खेलेका म्याग्दे–२ का कृष्ण वहादुर शाहीका ७ वर्षिय छोरा सुन्दर शाही र ४ बर्षिय किस्मत शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो।

शाही दाजुभाइ पोखरीमा डुवेपछि १३ वर्षिय आशिक शाहीले हारगुहार गर्दा इट्टाभट्टामा काम गर्नें बर्तमान चौधरीले उनीहरुलाई उद्धार गरेका थिए।

पोखरीबाट उद्धार गरिएको भए पनि दबै दाजुभाइको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : ०१ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि