भारतको महाराष्ट्रमा भारी वर्षा, छुट्टाछुट्टै चार स्थानमा ३२ जनाको मृत्यु « Khabarhub

भारतको महाराष्ट्रमा भारी वर्षा, छुट्टाछुट्टै चार स्थानमा ३२ जनाको मृत्यु


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ- भारतको महाराष्ट्रमा भारी वर्षाका कारण चार छुट्टाछुट्टै स्थानमा भर्खाल भत्किदा ३२ जनाको मृत्यु भएको छ । आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य ६० बढी घाइते भएका छन् । यस्तै, पुणेमा ६, कल्याणमा ३ र नासिकमा ३ जनाको ज्यान गएको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे पर्खाल भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताएका छन् । करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त रहेको छ ।

भारी वर्षाका कारण सरकारी विदाको घोषणा गरिएको र स्थानीय बासिन्दालाई घर बाहिर नजान र घरमा नै बस्न सल्लाह दिइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विश्वविद्यालय र विद्यालयहरु बन्द गरिएको छ । यस्तै भारी वर्षाका कारण मुम्बई विमानस्थलबाट हुने उडान पनि प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा ५५ उडानलाई डाइभर्ट गरिएको छ भने ५२ उडान रद्द गरिएको छ ।

अबिरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करिब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको छ । भारतको मौसम विभागले मध्यप्रदेशसहित छत्तिसगढ, महाराष्ट्र, गुजरात, झारखण्ड, उत्तर प्रदेश, अरुणाञ्चल, असम, बंगालमा आगामी दुई दिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : २७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या