एकै परिवारका दुई बालकको पोखरीमा डुबेर मृत्यु | Khabarhub Khabarhub

एकै परिवारका दुई बालकको पोखरीमा डुबेर मृत्यु


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्लास्थित इट्टाभट्टाको पोखरीमा डुबेर आज (मंगलबार) एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–२ जामुनेका कृष्णबहादुर शाहीका छोराहरु सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेका छन् ।

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा अध्ययनरत् ती बालकहरु नर्सरी र केजीमा अध्ययनरत् विद्यार्थी थिए । विद्यालयबाट घरतर्फ फर्किने क्रममा बाटो नजिकै रहेको माछापुच्छ्रे इट्टाभट्टाको लागि माटो खनेर बनेको पोखरीमा पौडी खेल्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

मृत बालकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : ३६ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग