दाह्री पाल्नु स्वास्थ्यका लागि उत्तम, लाग्दैनन् यस्ता प्राणघातक रोग « Khabarhub

दाह्री पाल्नु स्वास्थ्यका लागि उत्तम, लाग्दैनन् यस्ता प्राणघातक रोग


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अचेल युवापुस्तामा दाह्री पाल्ने फेसन नै चलेको छ । स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी नै किन नहुन्, धेरैजसो पुरुषहरुले अचेल दाह्री पालेकै देखिन्छ ।

कतिपयले शौखका लागि पनि दाह्री पाल्ने गरेको पाइन्छ । दाह्री पाल्नुका छुट्टै फाइदा पनि छन् जो उनीहरु स्वयंलाई थाहा नहुन पनि सक्छ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ ।

सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले दाह्रीले अनुहारको चमकमा क्षति हुन दिँदैन ।

त्यस्तै, एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्ने अध्यनले देखाएको छ । यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ । सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डीफोरको समस्याबाट पनि दाह्री पाल्नेहरु मुक्त हुने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : ५७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु