भीड शान्त गराउन खोज्ने प्रहरी अधिकारीलाई यसरी बर्सियो लाठी | Khabarhub Khabarhub

भीड शान्त गराउन खोज्ने प्रहरी अधिकारीलाई यसरी बर्सियो लाठी


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको तेलङ्गनामा घटेको एक घटनाको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ एक महिला प्रहरी अधिकारीमाथि निर्वाध लाठी बर्साइन्छ । उनी घाइते हुने गरी किन घटना घट्यो? भन्ने चासोसहितका प्रश्न पनि भिडियोमा सोधिएको छ ।

यो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तेलङ्गना राज्यको सत्तारुढ पार्टीका सदस्यले नेतृत्व गरेको उक्त भिड आइतबार वृक्षारोपण अभियान विरुद्ध प्रदर्शन गरिरहेको थियो। ती बन अधिकृतलाई लाठीले हानेको भिडिओ भाइरल भएको थियो र पार्टीले त्यस्तो हमलाको सामाजिक सञ्जाल ट्विटरमा निन्दा गरेको थियो।

घाइते भएकी ती अधिकृतको अहिले उपचार भइरहेको छ। भिडिओमा ट्रयाक्टरमा उभिएर भीडलाई शान्त पार्ने प्रयास गरिरहेकी ती वन अधिकृतलाई बाँसको लाट्ठीले हमला गरेको देखिन्छ।

अन्य वन अधिकारीहरू र स्थानीय प्रहरी आएर भिडलाई तितरबितर नपार्दासम्म उनलाई बारम्बार लाट्ठीले हानेको देखिन्छ। त्यस्तो भिडिओ सामाग्री भारतभर भाइरल भएको थियो र त्यसले देशभर आक्रोश फैलाएको थियो। यो घटनापछि तेलङ्गना राष्ट्र समितिको उच्च तहमा रहेका कल्भाकुन्त्ला तराका रामा राओले ट्विटरमा घटनाको निन्दा गर्नुपरेको थियो।

वन विभागले आदिवासी किसानहरूलाई आतङ्कित बनाइरहेको छ । उनीहरूको जमिन जबर्जस्ती कब्जा गरिएपछि हमला भएको बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : ३१ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,