एसियाका अन्य देशमा नपाइने अनौठो जनावर नेपालमा, एउटैको मूल्य ७ लाख ! | Khabarhub Khabarhub

एसियाका अन्य देशमा नपाइने अनौठो जनावर नेपालमा, एउटैको मूल्य ७ लाख !


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली अन्य मुलुकहरुमा नपाइने यो अनौठो जनावर नेपालमा पाइन्छ । नेपालको दोलखा र मकवानपुरमा यसको व्यावसायिक रुपमै पालिएको छ ।

मुख हेर्दा भेडाको जस्तो, पुच्छर घोडाको जस्तो र घाटीदेखि टाउकोसम्म हेर्दा उटजस्तो लाग्ने यो जनावर ऊँट, घोडा वा भेडा मध्ये कुनै पनि होइन । जर्मन भाषामा यसलाई अल्पाका भनिन्छ । नेपालीमा पनि यसलाई अल्पाका नामले नै चिनिन्छ । यो जनावर माइनस १० डिग्री सेल्सियस सम्मको चिसोमा पनि बाँच्न सक्छन् ।

मकवानपुरको चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ । जिल्लाको थाहा नगरपालिका वडा नम्वर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो ।

अल्पकाले एक बर्षमा एक पटक मात्रै बच्चा जन्माउँछ र एक पटकमा एउटा मात्रै पाउँछ । यसको आयू २५ बर्ष सम्म हुन्छ । चित्लाङको यस फर्ममा अहिले २० बर्ष पुगेका अल्पका समेत छन् ।

विगत २० बर्षदेखि यो जनावरको हेरचाह गर्दै आएका दोलखा जिरीका गंगा जिरेलका अनुसार यो जनावरलाई पहिलो पटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए ।

उनले शुरुमा दोलखाको जिरीमा सौखका लागि यो जनावर पालेका थिए । मकवानपुरको बिसिङखेलमा २ बर्षदेखि अल्पका पालिँदै आएको भएता पनि नेपालमा यो जनावर भित्रिएको भने २० बर्ष भइसकेको छ ।

खासमा यो जीव दुई वटा कारणले पाल्ने गरिन्छ । पहिलो सौखका रुपमा र दोश्रो रौंँको व्यवसायिक उत्पादनका लागि । यसको रौं प्रतिकिलो ७० हजारदेखि एक लाख रुपैंयासम्म पर्छ । यसको रौं भेडाको भन्दा ५ गुणासम्म न्यानो हुन्छ । सिंगो अल्पकाको मूल्य ५ लाखदेखि माथी पर्छ ।

यसको रौं बाट बनाइएका ज्याकेटहरु जाडोमा न्यानो हुने र गर्मीमा चिसो हुने हुँदा यो जनावरको रौंबाट बनेका ज्याकेटको मुल्य पनि सामान्य ज्याकेट भन्दा महंगा हुन्छ। अहिले अल्पका हेर्नका लागि विभिन्न ठाउँबाट मान्छेहरु मकवानपुरको बिसिंखेल पुग्ने गरेका छन् । यसले त्यहाँको पर्यटकीय आर्कषण पनि बढाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : १९ बजे

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि