चितुवाको आतंकले भानु नगरपालिकाबासी त्रसित | Khabarhub Khabarhub

चितुवाको आतंकले भानु नगरपालिकाबासी त्रसित


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जंगलमा बस्ने चितुवा घरघरमा बस्न थालेपछि कस्को पो मन डराउँदैनन् । त्यसमाथि मान्छेलाई निशाना बनाएर आक्रमण गर्न थालेपछि बनबाट डराएर घरमा जाने मन घरमै डराउन वाध्य भएका छन्-अहिले तनहुँ जिल्लाका भानु नगरपालिकाका बासिन्दा ।

केही दिनदेखि चितुवाको बिगविगी भएपछि आक्रमणमा परिने डरले उनिहरु घरबाट बाहिर निस्कन समेत डराएका छन् । भानु नगरपालिका क्षेत्रभित्र विशेष गरी केही वडामा चितुवाले पटक/पटक आक्रमण गरेकाले त्रसित बनेको भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले बताइन ।

चितुवाको आक्रमणले भानु नगरपालिका–२ जोगी डाँडाका छवर्षीय बालक हेमराज सुनुवारको आईतबार साँझ घाईते बनाएपछि विगतमा जस्तै भानु नगरबासी त्रसित भएका हुन् ।

होमराज लोहनी शारदा सदन माध्यामिक विद्यालयमा कक्षा १ मा पढ्ने बालक सुनुवारको शौचालयमा जाने क्रममा चितुवाले आक्रमण गरेको थियो । भानु नगरपालिकामा चार जना बालबालिकाको मृत्यु भईसकेको छ ।

मान्छे मार्ने चितुवालाई गोली हानेर बेहोस पार्नुपर्ने, चिडियाखोर वा संरक्षित क्षेत्रमा सार्नुपर्ने माग स्थानीयले राखेका छन् । डिभिजन वन कार्यालय तनहुँले एक सूचना जारी गरी सजक रहन आग्रह गरेको छ । साँझ र झिसमिसे उज्यालाको समयमा चितुवा आहाराको लागि बढी सक्रिय हुने भएकाले घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

बालबालिकालाई एक्लै नछाड्न पनि कार्यालयले अनुरोध गरेको छ । चितुवाको बिगबिगीलाई नियन्त्रण गर्न भानु नगरपालिकाका मेयर उदयराज गौलीको संयोजकत्वमा वन्यजन्तुबाट मानवमा आक्रमण नियन्त्रण समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसहितको सर्वपक्षीय छलफलबाट समिति गठन गरिएको हो ।

अहिले समितिले घर वरिपरिका झाडी सफाई गर्ने अभियान सञ्चालन गरेको छ । नरभक्षी चितुवा समात्न स्थानीय शिकारी परिचालन गर्ने, सतर्क रहने उपाएको बारेमा माईकिङ गर्ने काम गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : ४४ बजे

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका